सौर्यमण्डलमा रहस्यमयी वस्तु भेटियो, नवौं ग्रह हुनसक्ने अनुमान

३ मंसिर, काठमाडौं । सौर्यमण्डलको बाहिरी भागमा लुकेको अवस्थामा एक वस्तु फेला परेको छ । इम्पेरियल कलेज अफ लण्डनका एस्ट्रोफिजिक्सका प्राध्यापक माइकल रोवान रोबिनसनले सौर्य मण्डलको बाहिरी भागमा लुकेको अवस्थामा फेला परेको एक वस्तु सार्वजनिक गरेका छन् । सौर्यमण्डलमा लुकेर बसेको उक्त वस्तु रहस्यमय ग्रह हुनसक्ने खगोलविद्को अनुमान छ । बेलायती वैज्ञानिकले वरुण ग्रहभन्दा पर […]

सम्बन्धित सामग्री

पानीसहितको बाह्य ग्रह

अमेरिकी अन्तरिक्ष अनुसन्धान एजेन्सी (नासा) ले पानीसहितको बाह्य ग्रह फेला पारेको छ । पृथ्वीबाट एक सय २० प्रकाशवर्ष टाढा रहेको केटु–१८ बी नामको सो बाह्य ग्रहमा पानी फेला परेकाले त्यहाँ जीवन हुन सक्ने नासाका वैज्ञानिकको अनुमान छ । नासाका अनुसार सो ग्रहमा जीवनको सम्भावना रहेकोतर्फ सङ्केत गर्ने एक रसायनसमेत फेला परेको छ ।

सार्वजनिक बिदामा बेथिति !

जेठदेखि हप्तामा २ दिन बिदा दिएको नेपाल सरकार आफ्नो निर्णयमा एक महिना पनि टिक्न सकेन । यही असारबाट पुनः आइतबारको बिदा काटिएको छ । नेपालमा सार्वजनिक बिदाको कुरा गर्नु भन्दा पहिला विश्वमा साप्ताहिक बिदा कसरी जन्मियो, यसबारे जानकारी पस्किँदै यो लेखको सुरुवात गरियो ।आजभन्दा करिब ४ हजार वर्ष पहिलेको बेबिलोन सभ्यतामा मानिसहरु सौर्यमण्डलमा सात मात्र ग्रह रहेको विश्वास गर्दथे । सोही अनुसार ७ दिनको एक हप्ता एकाइ गणना गरेको अनुमान गरिन्छ । तथापि ईसापूर्व २५० देखिमात्र पश्चिमा क्यालेन्डरमा सात दिनको एक हप्त

अर्को साता १ किलोमिटर फराकिलो छुद्र ग्रह पृथ्वीको नजिकैबाट गुज्रने

आउँदो मंगलबार अर्थात् जनवरी १८ मा अनुमानित १ किलोमीटर चौडा छुद्र ग्रह पृथ्वीको नजिकैबाट गुज्रने भएको छ । यो हाम्रो ग्रहको १२ लाख माइल अन्तरमा गुज्रने र प्रति घन्टा ४७ हजार ३४४ किलोमिटरको गतीमा चल्ने नासाको सेन्टर फर नियर अर्थ अब्जेक्ट स्टडिजले जनाएको छ ।पृथ्वीको नजिक  आउन लागेको यो छुद्र ग्रहलाई ७४८२ (१९९४ पीसी वान) नाम दिइएको छ । यसलाई नासाले सन् १९९४ मा पत्ता लगाएको थियो ।७४८२ (१९९४ पीसी १)ले पृथ्वीलाई प्रहार गर्ने अपेक्षा भने गरिएको छैन । यद्यपि, नासाको अनुमान अनुसार अबको दुई

अन्तरिक्षमा पनि शक्तिशाली बन्दै चीन

पृथ्वीको वायुमण्डलभन्दा माथि अथवा पृथ्वीको समुद्री सतहभन्दा सय किलोमिटर माथिदेखिको भागलाई अन्तरिक्ष भनिन्छ । मानवका लागि यो अन्तरिक्ष रहस्यले भरिपूर्ण छ । अन्तरिक्ष अन्वेषण तथा खोजमा मानिसको पहिलेदेखि नै चासो पनि रहँदैआएको छ । साथै पृथ्वीभन्दा पर अर्को विकसित ग्रह हुनसक्ने अनुमान वैज्ञानिकहरूले गर्दैआएका पनि छन् । त्यसै गरी, मानव…

अन्तरिक्षमा पनि शक्तिशाली बन्दै चीन

पृथ्वीको वायुमण्डलभन्दा माथि अथवा पृथ्वीको समुद्री सतहभन्दा सय किलोमिटर माथिदेखिको भागलाई अन्तरिक्ष भनिन्छ । मानवका लागि यो अन्तरिक्ष रहस्यले भरिपूर्ण छ । अन्तरिक्ष अन्वेषण तथा खोजमा मानिसको पहिलेदेखि नै चासो पनि रहँदैआएको छ । साथै पृथ्वीभन्दा पर अर्को विकसित ग्रह हुनसक्ने अनुमान वैज्ञानिकहरूले गर्दैआएका पनि छन् । त्यसै गरी, मानव…

वाह ! वाह !! शेयर बजार

देशमा अहिले दुईओटा बजार गुल्जार छन्, एउटा राजनीतिको बजार र अर्काे शेयर बजार । दुवैमा एउटा समानता के छ भने दुवै बजारमा ‘इन्साइडर ट्रेडिङ’ हुन्छ । फरक ? राजनीतिको बजारमा हुने खरीद–विक्रीको तथ्यांक बाहिर त्यति आउँदैन । तर खास कुरा के भइरहेको हो भन्ने सबै जनतालाई थाहा हुन्छ । तर शेयर बजारका धेरै तथ्यांक बाहिर आए पनि भित्र के भइरहेको छ, त्यसबारे केही मानिस बाहेक सबै रनभुल्लमा हुन्छन् । अनि राजनीतिमा लगानी नगरी प्रतिफल पाइन्छ, अझ अविश्वास प्रस्तावमा हस्ताक्षर गरे तत्कालै मन्त्री बन्न पाइन्छ । तर शेयर बजारमा नाफा कमाउन चैं लगानी गर्नैपर्छ । पैसा धेरै हुनेका लागि थन्काउने ठाउँ, अलि अलि हुनेका लागि जाने कमाउने, नजाने गुमाउने र केही नहुनेहरूका लागि पनि गफ गर्ने ठाउँ भएको छ शेयर बजार । चौबाटामा क्यारेमबोर्ड, लुडो, चेस र कलब्रेक खेल्ने जमात पनि हालै आएर शेयरतिरै लागेको छ क्यारे । सकारात्मक परिवर्तन नै मान्नुपर्छ यसलाई, हैन ? जुवामा सोह्र कौडाले बनाउने चारवटा दाउ कौडा झरेको एकै निमेषमा राम्ररी गनिसक्न जान्नुपर्छ । तासको खेलमा ५२ पत्ती कण्ठ गर्नुपर्छ । यता भने हरियो र रातो दुई रङ कण्ठ भए पुग्छ । जुवाभन्दा सजिलो भएर त होला अहिले ठूलै जमात कस्सिएर शेयरमा लागेको छ । जिन्दावाद मूर्दावाद गर्दै सडक तताउने बेरोजगार युवाहरू शेयरतिर लागेपछि सिंहदरबारका काजीहरूलाई थोरै भए पनि हाइसञ्चो भएको छ । अचेल बेरोजगार गृहिणी र तिनका पति परमेश्वरहरूलाई पनि आनन्दै भएको छ । किनकि गृहिणीहरू टेलिसिरियल हेर्न छाडेर शेयर शेयर भन्दै टेलिफोन र धितोपत्रका शब्दावली कण्ठ पार्न अभ्यस्त हुन थाले । यसले गर्दा पतिहरूलाई अफिसबाट घर पुग्नुअघि नै श्रीमतीको मुड कस्तो होला भन्ने अनुमान गर्न सजिलो भएको छ । आजको शेयर बजार रातो छ भने घरको आधा आकाश पक्कै ठुस्स परेको पाइनेछ भन्ने जान्नुस् । शेयरमा हरियो छ भने घरमा पनि चमकधमक हुनेछ । शेयरले सबैभन्दा हाइसञ्चो त सरकारी कर्मचारीहरूलाई भएको छ । युनियनका कोठामा बसेर नानाभाँती गफ दिने झुण्ड अचेल कम्तीमा ३ बजेसम्म शेयर बजारको राता र हरिया आँकडा हेर्नमै व्यस्त हुन थाले  । त्यसैले १० देखि ३ सम्म त सरकारी अफिस शेयरकै कारण शान्त देखिन्छन् । अघि पछि टेबुलमा टोपी मात्र राखेर टाप कस्ने कर्मचारीहरू अचेल कुर्सीमै टाँसिइरहनुमा शेयर खरीद–विक्रीका सफ्टवेयर नै कारक हुन् । सेवाग्राहीका नजरमा देश र जनताको काममा घोत्लिएको भान पार्ने गजबको अवसर पनि यही शेयर बजारले दिलाएको छ । कम्प्युटरमा के काम गरिरहेको छ भन्ने कुरा सेवाग्राहीले थाहा नपाओस् भन्दै कम्प्युटरको स्क्रीनमा सेवाग्राहीको आँखा कतैबाट पनि नपर्नेगरी सेटिङ मिलाइएकै हुन्छ । हाकिम पनि शेयरमा लागेको थाहा पाए भने चाकरीबाज कर्मचारीहरू वारेन बफेटका अवतार जस्तो गरी सल्लाह दिन हाजिर भइहाल्छन् । गजब छ है यो शेयर भन्ने चिज ! सेवानिवृत्त कर्मचारीहरूका लागि त झन् काइदा भएको छ शेयर बजार । बिहान चौबाटाका निःशुल्के सल्लाहकारको कुरा सुन्यो, ब्रोकर अफिसतिर अड्डा जमायो । दुई चार हजार फाइदा भए राम्रै भयो । घाटा भए उही एक महीनाको पेन्सन त हो भन्यो, चित्त बुझायोे । अचेल ज्योतिषीकहाँ ग्रह, गोचर, विवाह, सम्बन्ध, रोजगारी, विदेश आदि प्रश्न पनि फाट्टफुट्ट मात्र आउँछन् क्यारे । ‘गुरु, शेयरमा आज मेरो कस्तो छ, कुन दिन र कुन शेयर किन्दा फाइदा हुन्छ ?’ भन्ने मानिसको लर्को लाग्न थालेको छ । ‘फलानो औंठी लाउनुस्, शेयरमा मालामाल भइन्छ’ भन्दै पत्थरको व्यापार गर्नेहरू पनि फस्टाएकै छन् । पैसा धेरै हुनेका लागि थन्काउने ठाउँ, अलि अलि हुनेका लागि जाने कमाउने, नजाने गुमाउने र केही नहुनेहरूका लागि पनि गफ गर्ने ठाउँ भएको छ शेयर बजार । १० कित्ता शेयर लिएर करोडौंको कथा कथ्ने ठाउँ पनि हो शेयर बजार । त्यसैले के वामपन्थी, के रामपन्थी, के हामपन्थी हिजोआज सबै सबै शेयर बजारमै झुम्मिरहेका भेटिन्छन् । जे होस् शेयर बजार यस्तै हो । कोही भुट्ने छन्, कोही भुटिने छन् । कोही लुट्ने छन्, कोही लुटिने छन् । केही कमाउने छन्, केही गुमाउने छन् । तर भुट्ने र भुटिनेहरू, लुट्ने र लुटिनेहरू सधैं एकै हुँदैनन् । कहिले भुट्नेहरू भुटिनेमा पर्छन् । कहिले भुटिनेहरू भुट्नेमा आइपुग्छन् । राजनीतिमा पनि यस्तै हो ।  दुवैमा भुट्ने र भुटिनेहरूको लुकामारी गजबले चलिरहन्छ । तर अचेल भुट्ने भन्ने शब्द पुरानो भयो भन्दै मुग्र्याउने भन्ने नयाँ शब्द शेयर खेलाडीहरूले आविष्कार गरेका छन् । यो शब्द पनि राजनीतिबाटै आएको हो क्यारे । मुग्र्याउने पनि कस्ता कस्ता ! हकप्रदको हल्ला फिँजाएर बजार हल्लाउने कम्पनी पनि छन् । किन्ने र बेच्ने दुवै एकअर्कालाई मुर्ग्याएँ अर्थात् मुर्गा बनाएँ भनेर मख्ख पर्ने पनि छन् । वास्तविक मुर्गा को बन्यो भन्ने त समयले बताउँछ नै । जे होस् कम्पनी खोल्ने, आईपीओ निकाल्ने र सारा नेपालीलाई शेयरमा आबद्ध गरेर रोजगार बनाउने मोडेलको विकास गजबले भइसकेको छ नेपालमा । विज्ञान, प्रविधि, सृजना आदिमा धेरै आविष्कार पश्चिमी गोलाद्र्धमा भए पनि शेयर बजारको विकासमार्फत आम रोजगारीको मोडल चाहिँ नेपालमा विकसित भइसकेको छ । यसैले अब भन्नैपर्छ वाह ! वाह !! शेयर बजार ।

एउटा अद्भुत ग्रह जहाँ आगो दन्किरहन्छ र फलामको वर्षा हुन्छ

खगोलशास्त्रीहरूले एउटा अद्भुत ग्रहको अध्ययन गरेर त्यसमा फलाम पग्लिएर बाफ बन्ने अनि चिसिएर वर्षा हुने अनुमान गरेका छन्।