कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५९ रुपैयाँ तोकिएको छ । त्यसैगरी अदुवा प्रतिकेजी ६५ रहेको छ । अनार ३७५ रुपैयाँ, आँप मालदह प्रतिकेजी २१० रुपैयाँ र केरा दर्जनको १७० रुपैयाँ तोकिएको छ । स्थानीय काउली ७० रुपैयाँ, कागती १६० रुपैयाँ, कुरिलो ३५० रुपैयाँ र लोकल सानो गोलभेँडा ३७ रुपैयाँ ५० पैसा प्रति केजी तोकिएको छ ।