पोखरामा हुने १८औं संस्करणको आहा रारा गोल्ड कपको तयारी पूरा भएको छ । मंगलबार पत्रकार सम्मेलन आयोजकले प्रतियोगिताबारे जानकारी दिएको छ ।
फागुन २२ गतेदेखि हुने प्रतियोगिता चैत १ गतेसम्म चल्नेछ । प्रतियोगितामा १० टिम सहभागी हुनेछ । यस वर्षको प्रतियोगिताको विजेताले १० लाख १ हजार नगद प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख १ हजार प्राप्त गर्नेछ ।