काठमाडौं: रौतहटको मौलापुरमा खेतमा पानी लगाउने विषयमा दुई समूहबीच झडप हुँदा १५ जना घाईते भएका छन्।
मौलापुर नगरपालिका १ मर्यादपुरमा स्थानीय भवाल साह सोनारले छिमेकी हृदय नारायण यादवको खेतमा भल पानी लगाइदिएपछि शनिबार विहान झडप भएको हो।
झडपमा दुवै पक्षका गरी १५ जना घाईते भएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी निरीक्षक सुशील पाण्डेले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार अनुसार घाईते हुनेहरुमा शाह पक्षका ८ जना र ७ जना यादव पक्षका छन् ।
घाइतेहरुको मौलापुरमै प्राथमिक उपचार भएको र...