डाक्टर बन्ने सपना उनमा सानैदेखि थियो तर घरको आर्थिक अवस्था कमजोर । सम्पत्तिका नाममा घर र पहाडमा थोरै खेतबारी मात्र । ठूलो परिवार ।
एमबीबीएस गरेर गरीब दीनदुःखीको सेवा गर्दै पहाडी क्षेत्रको स्वास्थ्य क्षेत्रलाई उकास्ने चाहनाले उनलाई घच्घच्याइरहन्थ्यो, सपना कसरी साकार पार्न भनेर तर उनको डाक्टर बन्ने मोह गज्जबकै थियो ।
गुल्मीको दुर्गम ग्रामीण क्षेत्र साविक अमरपुर गाविस चौरासी (हाल इस्मा गाउँपालिका–६) का रुद्र भण्डारी मध्यम स्तरको परिवारमा जन्मिएकाले डाक्टर बन्छु भन्ने पूर्ण विश्वासमा थिएनन् तर इच्छाशक्ति, आँट, साहस...