कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष सीबी लामा पक्राउ परेका छन् । करिब दुई अर्ब बचत अपचलन गरेको उजुरीको आधारमा काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई चितवनको नेपाल भारत सीमा नजिककाबाट पक्राउ गरेको एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।