पितिबाङ खोलामा पानीको बहाव बढेपछि राप्ती राजमार्ग अवरुद्ध

राप्ती राजमार्गअन्तर्गतको रुकुमपश्चिम सडकखण्ड अवरुद्ध भएको छ । राजमार्गको मुसीकोट नगरपालिका ११ र १२ स्थित पितिबाङ खोलामा पानीको बहाव बढेपछि राजमार्ग अवरुद्ध भएको हो ।

सम्बन्धित सामग्री

कर्णाली र महाकालीको जलस्तर बढ्यो

लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेश अस्तव्यस्त बनेको छ । तराई–पहाड जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएसँगै पहाडी जिल्लाको जनजीवन प्रभावित भएको हो । सात जिल्ला जोड्ने यस राजमार्गको गोदावरी नगरपालिका–४ स्थित भावर सडकखण्ड क्षेत्र केही दिनदेखि अवरुद्ध छ । केही दिनपहिले सडक खुलाइए पनि वर्षाका कारण पुनः अवरुद्ध भएको छ । त्यस्तै महाकाली र कर्णाली नदीको जलस्तर बढेपछि नदी किनारा तथा तटीय क्षेत्रका बस्तीहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । स्थानीयवासीले नदीमा पानीको बहाव बढेसँगै बाढीले मानव बस्ती तथा जमिन कटान गर्न थालेकाले ढुवानको समस्या देखिएको बताएका छन् ।

पहिरोले सुदूरपश्चिममा राजमार्ग अवरुद्ध, महाकाली र सेतीमा पानीको बहाव बढ्न सक्ने

धनगढी : पहिरोले सुदूरपश्चिममा राजमार्गहरू अवरुद्ध भएका छन्। वर्षापछि प्रदेशका केही राजमार्गहरू अवरुद्ध भएका हुन्। अहिलेसम्म बझाङ, बैतडी र दार्चुला जोड्ने सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ।बझाङको जालेबगरमा सेती नदीले कटान गर्दा राजमार्ग अवरुद्ध भएको हो। यस्तै, बैतडी र दार्चुलामा पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको प्रहरीले जनाएको छ। उता दार्चुलाको शैल्यशिखरमा पर्ने नङतड, बैतडीको पाटनमा पर्ने थुम, सुर्नयाको भञ्ज्याङ भन्ने ठाउँमा पनि पहिरो खसेपछि सड

सेतीको धार परिवर्तन गरेर खुलाइयो राजमार्ग, नदी बढे फेरि अवरुद्ध हुने

सेती नदीमा पानीको बहाव बढ्नेबित्तिकै राजमार्ग पुनः अवरुद्ध हुने उहाँ बताउनुहुन्छ । जतिसक्दो चाँडो दीगो रूपमा सडक सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ ।

कैलालीमा बाढी पहिरो : तटीय क्षेत्रका बस्ती जोखिममा, राजमार्ग अवरुद्ध

धनगढी-लगातारको वर्षाका कारण कैलालीका अधिकांश स्थानमा बाढी आएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार मङ्गलवार बिहानसम्म कैलालीका सबै खोला तथा नदीमा पानीको बहाव उच्च बनेको छ । खुटिया नदी बस्तीसम्म पुग्न सक्ने देखिएपछि प्रहरी परिचालन गरी तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार टोलीले जनाएको छ । यसैगरी मोहना, कान्द्रा, कर्णाली नदीमा […]

बाढी आएपछि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ– आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण केदारस्युँ गाउँपालिका–१ नारुगौडामा बाढी आएको र नयाँ सडकको माथिबाट पहिरो आएर सडक बगाएपछि राजमार्ग अवरुद्ध बनेको हो । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण नारुगौडामा पानीको बहाव नघटेका कारण राजमार्ग खुलाउने काम प्रभावित भएको […]

बाढी आएपछि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध

आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण केदारस्युँ गाउँपालिका–१ नारुगौडामा बाढी आएको र नयाँ सडकको माथिबाट पहिरो आएर सडक बगाएपछि राजमार्ग अवरुद्ध बनेको हो । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण नारुगौडामा पानीको बहाव नघटेका कारण राजमार्ग खुलाउने काम प्रभावित भएको प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताए । राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा