नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद यतिबेला उत्कर्षमा छ। पार्टी विवादमा युद्ध विराम भएको दुई महिना नबित्दै शक्ति संघर्षले पार्टी फेरि फुटको संघारमा पुगेको नेताहरू बताउन थालेका छन्। राजदूत नियुक्त, मन्त्रिपरिषद् पुनर्गठन, रअ प्रमुख र प्रधानमन्त्रीबीचको भेटघाट लगायतका विवाद चरम रूप लियो। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली