ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ। आज गरिएको परीक्षणमा महर्जनलाई कोरोना देखिएको हो। ललितपुर महानगरपालिकाले प्रेश विज्ञप्ति जारी गर्दै नगरप्रमुख महर्जनलाई कोरोना संक्रमण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।