काठमाडौं । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यका (Kathmandu Valley) सहित देशका आधिकांश स्थानमा वर्षा (Rain Fall) भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौंमा विगत दुई घण्टादेखि मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । अहिले कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा भइरहेको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले आज र भोलि बदलीसँगै वर्षा गराउने उनले बताए ।
रातिको समयमा पनि देशका पहाडी क्षेत्रमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । रासस