जुम्ला पर्यटकीय हिसाबले प्रचुर सम्भावना भएको जिल्ला हो । यहाँका सम्भावानामा लगानी र प्रवद्र्धनका खाँचोका कारण, पर्यटन क्षेत्रबाट आर्थिक समृद्धि हासिल गर्न सकिएको अवस्था छैन । सम्भवानाकाबीच पनि कर्णालीमा अवसर नपाउनु दुखद् पक्ष हो ।
जुम्लामा भएको धार्मिक, प्राकृतिक पर्यटनकाबीच, यहाँका फाँट परेका पाटन र डाँडाकाँडाले पनि व्यावसायिक प्याराग्लाइडिङ जुम्लामा सम्भव हुने देखिएको छ । व्यावसायिक प्याराग्लाइडिङ उडानमार्फत बाह्य तथा आन्तरिक पर्यटन प्रबद्र्धन गर्न सकिने यहाँका स्थानीय सरकारले दाबी गरेका छन् ।