कुलमानलाई बालेनको काउण्टर, ‘कर र महसुल फरक कुरा हुन् भन्ने बुझ्नुहोस्’

काठमाडौं, भदौ २२ । काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन) नेपाल विद्युत प्राधिकरणलाई कर र महसुल फरक कुरा भएको भन्दै करलाई महसुलमा कट्टा गरेर साथी साथीबीचको सापटी लेनदेन जसरी मिलान गर्न नसकिने बताएका छन् । मेयर शाहले प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङप्रति लक्षित गर्दै महानगरलाई तिर्नुपर्ने कर बिजुलीको उपभोगवापतको महसुलमा कट्टा गरिने कुरा स्वीकार्य […]

सम्बन्धित सामग्री

विवाहितलाई भन्दा अविवाहितलाई धेरै कर लगाएको भन्दै कांग्रेस सांसद थिङको आपत्ति

काठमाडौं,२९ असार । नेपाली कांग्रेसकी सांसद एवं संसदीय दलकी सचेतक सुशीला थिङले सरकारले विवाहित र अविवाहितलाइ फरक-फरक कर नीति अवलम्वन गरेको भन्दै आपत्ति जनाएकी छन् । शुक्रबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद थिङले विभेदकारी करनीति खारेज गरी समावेशी करनीति अवलम्वन गर्न माग गरिन् । उनले भनिन् ‘‘आन्तरिक राजस्व विभागले विगतदेखि हालको आर्थिक वर्ष २०८०-८१ सम्म […]

अमेरिका: ४१,७७५ भन्दा बढी आम्दानीमा २२%कर, त्योभन्दा कममा १२%सम्म

अमेरिकामा आम्दानी अनुशार करका दरहरु निर्धारण गरिएको छ । कम आम्दानी हुनेहरुले कम प्रतिशत र बढी आम्दानी हुनेहरुले बढीप्रतिशत कर तिर्नुपर्ने गरी करको दर निर्धारण गरिएको हुन्छ । यस्ता करका दरहरु हरेक बर्ष परिवर्तन हुने गर्छन् । आगामी अप्रिलभित्र कर फाइल गर्दा यो बर्षको कर दर गतबर्षको तुलनामा फरक तोकिएको छ । गत बर्ष १० […]

कुलमानलाई बालेनको काउण्टर, ‘कर र महसुल फरक कुरा हुन् भन्ने बुझ्नुहोस्’

काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन) नेपाल विद्युत प्राधिकरणलाई कर र महसुल फरक कुरा भएको भन्दै करलाई महसुलमा कट्टा गरेर साथी साथीबीचको सापटी लेनदेन जसरी मिलान गर्न नसकिने भन्दै काउण्टर दिएका छन् । मेयर शाहले प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङप्रति लक्षित गर्दै महानगरलाई तिर्नुपर्ने कर बिजुलीको उपभोगवापतको महसुलमा कट्टा गरिने कुरा स्वीकार्य नहुने चेतावनी दिएका हुन् । ‘कर र महसुल फरक कुराहरू हुन् । हामीले पाउने करलाई महसुलमा कट्टा गरेर दुई जना साथीहरूको सापटी रकम जसरी मिलान गर्न सकिँदैन। ‘नियमसंगत हामी कर उठाउँछौँ भने नियम र वैधानिक कागजातसहित आएका महसुल चुक्ता गर्नेछौँ’ बालेनले भनेका छन् । प्राधिकरणले काठमाडौँ महानगरले बिजुली उपभोग गरे वापतको रकम दाखिला नगरेको भन्दै सञ्चार माध्यममा प्राधिकरण स्रोतलाई उधृत गर्दै समाचार आएपछि बालेनले ५ बुँदामा काउण्टर दिएका हुन् । मेयर बालेनको फेसबुक स्टाटसःकाठमाडौँ महानगरपालिकाले बिद्युत् प्राधिकरणको बत्तिको रकम दाखिला नगरेको भन्ने सम्बन्धमा देहाए अनुसार रहेको ब्यहोरा अनुरोध छ ।१) काठमाडौँ महानगरपालिका काठमाडौ महानगरबासीको सेवाका लागि स्थापित स्थानिय सरकार भएको र यसले गर्ने सबै कामहरु जनताको हित संरक्षण गर्ने कुरासँग सम्बन्ध राख्दछ । जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरुबाट सन्चालन हुने संस्था भएकाले यसले गर्ने कामसँग जनताको विश्वास र अभिमत रहन्छ ।२) नेपाल बिद्युत् प्राधिकरणले काठमाडौ महानगरपालिकाबाट प्राप्त गर्नुपर्ने रकम भनिएको महानगरपालिको कुनै कार्यालयको रकम नभएर सडक बत्तिको रकम भनिएको छ । कुन सडकमा कुन मिटरमा कहिले देखिको रकम बक्यौता रहेको उल्लेख नगरी काठमाडौ महानगरपालिको नाममा पत्राचार गर्नु र सञ्चारमाध्यममा सो बिषयमा उल्लेख गर्नु गैरजिम्मेवार काम हो ।३) महानगरपालिकाले तिर्ने बुझाउने हरेक रकम महानगरबासीको रगत पसिनासँग जोडिएको छ । जनताले तिर्नु भएको कर, शुल्क जस्ता माध्यमबाट प्राप्त हुने रकमबाट संम्बन्धीत निकायमा रकम दाखिला गर्नुपर्ने हुन्छ भने नेपाल सरकार तथा संबैधानिक निकायहरुबाट यसको लेखापरिक्षण गरिन्छ । यसर्थ जनताप्रति जिम्मेवार हुने जनप्रतिनिधिले जनताको रकमको सदुपयोग गर्नु पर्ने दायित्व रहन्छ ।४) सडक बत्ति महानगरबासीले प्रयोग गर्ने हो । महानगरक्षेत्रबाट नेपाल बिद्युत् प्राधिकरणले आफ्नो आम्दानीको के कति रकम प्राप्त गर्दछ । यस क्षेत्रका उपभोक्ताप्रति उसको जवाफदेहिता रहन्छररहदैन, सार्वजनिक जिम्मेवारीको आधारमा के गर्ने, के गर्नु पर्दछ, सो बिषयमा नेपाल बिद्युत् प्राधिकरण आफै जानकार छ ।५) सार्वजनिक मठ मन्दिर, सडकबत्ति, सार्वजनिक स्थानमा बालेको वा बलेको बत्तिको रकम दाखिला गर भन्दा महानगरले के र कुन आधारमा जनताको रकम दाखिला गर्न पठाउने भन्ने प्रश्नको स्पष्ट हुनु पर्दछ ।योसँगै हामी स्पष्ट गर्न चाहन्छौँ कि कर र महसुल फरक कुराहरु हुन् । हामीले पाउने करलाई महसुलमा कट्टा गरेर दुईजना साथीहरुको सापटी रकम जसरी मिलान गर्न सकिँदैन । नियमसंगत हामी कर उठाउँछौँ भने नियम र वैधानिक कागजातसहित आएका महसुल चुक्ता गर्नेछौँ भन्ने अवगत गराउदछौँ ।

गठबन्धन रहर होइन, कर र डरले हो : रामचन्द्र पौडेल

चितवन : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा सत्तारुढ दलको गठबन्धन डर र कर दुवै भएको बताएका छन्। प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गर्ने तर्क गरे।‘कांग्रेसले गठबन्धन  नगरे अन्य पार्टीले गरिहाल्छन्’, उनले भने, ‘यसैले गठबन्धन कर पनि हो डर पनि हो।’ एक्लाएक्लै निर्वाचनमा गएर पछि गठबन्धन गरे पनि फरक नपर्ने भन्दै उनले अहिलेको आवश्यकता मिलेर, तालमेल गरेर जानुपर्ने धारणा राखे। उनले को कहाँ

समान सवारी कर लिने सातै प्रदेशका यातायात मन्त्रीको निर्णय

२ चैत, पोखरा । मोटरसाइकल नवीकरण गर्न गण्डकी प्रदेशमा वार्षिक सवारी कर २ हजार ६ सय रुपैयाँ पर्छ । त्यही मोटरसाइकल बागमतीमा नवीकरण गर्न ३ हजार १ सय रुपैयाँ लाग्छ भने लुम्बिनीमा २ हजार ८ सय रुपैयाँ कर लिने गरिएको छ । सवारी साधन कर, दस्तुर र जरिवाना प्रदेशअनुसार फरक फरक छ । पोखरामा भेला […]

उपभोक्ताबाट अचाक्ली कर : ८३ रूपैयाँको पेट्रोलमा ५७ रूपैयाँ कर

नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेपछि भाउ घटाउन चौतर्फी दबाब छ। इन्धनको मूल्य किन बढ्यो ? आम सर्वसाधारणको बुझाइमा निगमले सञ्चालन खर्च र नाफा धेरै राखेका कारण मूल्य वृद्धि भएको हो। वास्तविकता भने फरक छ। निगमले सञ्चालन खर्च प्रतिलिटर करिब ७० पैसा गर्छ। तर सरकारले इन्धनमा करिब ७० प्रतिशत कर लगाएको छ। निगमले इन्डियन […]

फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या

यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा फरक प्रदेशका सवारी साधनको कर सङ्कलन र नवीकरण रोकिँदा सेवाग्राहीलाई समस्या भएको छ।

प्रदेशअनुसार सवारीसाधनमा फरक–फरक कर

काठमाडौं। प्रदेश सरकारहरुले यसपटक सवारीसाधनको करका साथै पैसा उठाउन मिल्ने सबै क्षेत्रको कर बढाएका छन्। देश संघीय संरचनामा गएपछि सवारीसाधनको करको दरमा प्रदेश सरकारले आफूखुशी परिवर्तन गर्न थालेको हो। पहिले केन्द्रीय सरकार हुँदा सामान्यतया चार÷चार वर्षमा बढ्ने करको दर अहिले दुई÷दुई वर्षमा परिवर्तन भइरहेको छ। यसअघि ब्लुबुक नवीकरणको वार्षिक सय रुपैयाँ रहेकोमा अहिले ३०० रुपैयाँले बढाएको छ।

लागु भयो सेयर लगानीकर्तालाई फरक फरक पुँजीगत लाभकर, कसले कति तिर्नुपर्छ  ?

आजदेखि चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट स्वतः कार्यान्वयनमा गएको छ ।  जेठ १५ गतेनै बजेट पेश गरेपनि साउन एकबाट कार्यान्वयनमा जाने गर्छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा सेयर बजारमा लगानीकर्ताले पुँजीगत लाभकरको व्यवस्था समान्य हेरफेर गरेको छ । यो कर आजैदेखि कार्यान्वयनमा गएको छ । अल्पकालीन कारोबारी र दीर्घकालीन कारोबारीलाई फरक–फरक दरमा पुँजीगत लाभकर लिने व्यवस्था  छ । यो व्यवस्था अनुसार अब एक वर्षभन्दा कम अवधिको लगानीले ७.५० प्रतिशत र एक वर्ष भन्दा बढी अवधि लगानी गर्ने