चितवनः भरतपुर आँखा अस्पतालले १० जिल्लाका आँखाका बिरामीलाई सेवा दिँदै आएको छ। नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको अस्पतालले पाँच जिल्लामा अस्पताल र आँखा उपचार केन्द्रमार्फत र बाँकी पाँच जिल्लामा शिविरमार्फत सेवा दिँदै आएको छ।
चितवनको भरतपुरमा केन्द्रीयस्तरको आँखा अस्पताल, शहरी क्लिनिक र पाँच ठाउँमा आँखा उपचार केन्द्र सञ्चालनमा छ।