विदेशी मुद्राको विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेर ९६१ अर्ब ५ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेर ९६१ अर्ब ५ करोड पुगेको हो । यस्तो आप्रवाह अघिल्लो आर्थिक वर्षमा ०.५ प्रतिशतले घटेको थियो । बैंकका अनुसार समिक्षा अवधिमा अमेरिकी डलर विप्रेषण आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । तर अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो ।