काठमाण्डाै – प्रदेश २ को प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठक आज बस्दै छ । अधिवेशनमा मन्त्रिपरिषद बिस्तारबारे जानकारी, दलहरुको शुभकामना, प्रदेशको नाम र राजधानी तथा प्रदेश सरकारले ल्याएका कृषि विश्वविद्यालय र प्राविधिक शिक्षा सम्बन्धी अध्यादेश पेस हुने सम्भावना छ ।
बैठकमा प्रदेशसभाको नाम पनि प्रस्ताव गर्ने तयारी छ । पहिलो दिनको बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रबारे सभालाई जानकारी गराइने प्रदेससभा सांसद सचिवालयका सचिव रञ्जित यादवले बताउनुभयो । प्रदेश २ मा गठबन्धनको सरकारले पूर्णता पाएपछि पहिलोपटक आह्वान भ...