नयाँ भेरियन्टसहित फैलिएको कोरोना भाइरसको दोस्रो लहरबाट नेपालका धेरै जिल्लामा निषेधाज्ञा भएको छ । शैक्षिक, यातायात तथा व्यापारिक क्षेत्र निषेधाज्ञाबाट पूर्ण प्रभावित भएका छन् । तीव्ररूपमा फैलिएको कोरोना रोकथामका लागि म्याग्दीमा आजदेखि जिल्लाभर निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गरेर बेनी नगरपालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा गरिएको निषेधाज्ञा वैशाख २८ गते राति १२ बजेदेखि लागू हुने गरी जिल्लाभर विस्तार गरिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश