मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित ऐतिहासिक गढी दरवारको जीर्णाेध्दारको काम रोकिएको छ ।
मकवानपुरगढी गाउँपालिका वडा नं. २ स्थितसेनवंशीय राजाहरुको मकवानपुरगढी दरवार जीर्ण अवस्थामा रहेकोमा भूकम्पले चर्किएर थप जीर्ण भएपछि पुरातत्व विभागले मर्मत गर्ने काम सुरु गरेको थियो ।
तर स्थानीयसँगै पुरातात्विक महत्वको गढी दरवारप्रति चासो राख्नेहरुले अव्यवस्थित र सम्पदा एवं दरवार क्षेत्रमा आउनेहरुको सुरक्षा सावधानी विना भत्काउन थालेको भन्दै आपत्ति जनाएपछि मर्मतको रोकिएको छ ।