घरको शान्त वातावरण र सुन्दरतामा सहयोगी एक्वारियम

काठमाडौं । मानिस स्वाभावैले सौखिन प्राणी हो । विभिन्न जनावर, चराचुरुंगी आदि पाल्ने, रुखबिरुवा रोप्ने, कलाकृतिका सामग्री र पोस्टरलगायत विविध सजावटका सामग्रीले घरका विभिन्न भाग सजाउने मानिसका सौख हुन् । यसले मानिसलाई आनन्दानुभूति गराउँछ । हृदय प्रफुल्ल बनाउँछ र शरीरमा एक खाले स्फुर्ति (ऊर्जा) जगाउँछ । यसले कार्यमा सशक्तीकरण ल्याउँछ । सफल जीवनका लागि खुसी र आवश्यक ऊर्जा थप्ने कार्यमा यसले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सोखकै उपज हो, एक्वारियम । एक्वारियम सौखको रूपमा राखिए पनि यसको महत्व, विशेषता, फाइदा, बेफाइदा आदिबारे जानकारी हुनु आवश्यक छ । कुनै पनि विषयवस्तुको ज्ञानसँगै त्यसको प्रयोगले थप हौसला बढाउनमा सहयोग पुर्‍याउँछ । यसै कुरालाई दृष्टिगत गरेर एक्वारियमको विशेषतालाई खोतल्ने जमर्को गरिएको छ । एक्वारियम के हो ? यसको जवाफ सहज छ । यो एउटा पानी राख्न मिल्ने पारदर्शी भाँडो हो, जसमा जलचर जस्तैः माछा, कछुवा, सरिसृप र जलीय बोटबिरुवा प्रदर्शित गरिन्छ । विविध कलात्मक (प्राकृतिक एवं कृतिम) सजाइएका एक्वारियम र त्यसमा हुने विभिन्न आकर्षक जलीय जीवजन्तु अनि बिरुवाले जोकोहीलाई लोभ्याउँछ । एक्वारियम विशेषतः ग्लास र एक्रेलिकबाट बनाइन्छ । यसमा पानी सफा गर्न पम्प र उज्यालो लाइट जडान गरिएको हुन्छ । त्यसैगरी अझ बढी आकर्षक र सुन्दर देखाउन कलाकृतिका सजावटका वस्तु, विभिन्न रंगका बालुवा, ढुंगा र प्राकृतिक, कृतिम बोटबिरुवाले सजाउने गरिन्छ । बोटबिरुवाले जीवजन्तुलाई अक्सिजन दिने कार्यमा सहयोग गर्नुका साथै सुन्दरता थप्ने काम गर्दछ । यी एक्वारियम आर्थिक हिसाबले केही महँगा भने हुन्छन् । त्यसको विकल्पको रूपमा सानो बोल आकारका भाँडो पनि प्रयोगमा रहेको छ । यो वास्तविक एक्वारियमभन्दा सस्तो पर्ने र सानो क्षेत्रमा प्रयोग गर्न सकिने हुन्छ । एक्वारियममा राखिने माछाका प्रजाति एक्वारियममा राखिने माछाका प्रजातिमा मुख्य गरी एरोना, चिचिल्ड, स्विपर, एन्जेल, प्लेट्टी जेब्रा, बारब, टेरोरर, टेक्सास, कार्प, सार्प, मुर, स्वर्डटेल, ओस्कार, पिराना, विन्डी, मुली, कोमेट, कोई, सृम्प, ओरान्डा, गोल्डफिस, गप्पी, सकर आदि प्रमुख छन् । यी प्रजातिभित्र विभिन्न थरीका उपप्रजाति हुन्छन् । यिनीहरुको प्रजाति एउटै हुने भए पनि रंग र शरीरमा हुने फरकले हेर्दा नयाँजस्तो लाग्छ । उपप्रजाति धेरै हुने भएकै कारण माछा धेरै थरी भएजस्तो देखिन गएको हो । माछाका लागि छुट्टै विशेष भिटामिनयुक्त तयारी खाना हुन्छ । विशेषगरी माछाका लागि सुक्खा खाना हुन्छन् । बजारमा उपलब्ध खानाबाहेक अन्य खाना सम्भव छैन । साथै, माछा बिरामी भए उपचारका लागि औषधीसमेत खरिद सकिन्छ र आवश्यकताअनुसार त्यसको प्रयोग गर्न सकिन्छ । एक्वारियमको पानी समय–समय सफा गर्नुपर्दछ । पानी सफा गर्ने फिल्टर राखिए पनि ३ वा ४ सातामा सफा गर्नु उत्तम मानिन्छ । एक्वारियममा राखिने बोटबिरुवा केही बोटबिरुवा यस्ता छन्, जो पानीमा मात्र हुर्कन सक्छन् । यिनले पानीमा अक्सिजनको मात्रा उत्पादन गर्नमा ठूलो भूमिका वहन गरेका हुन्छन् । तिनका प्रमुख प्रजातिमा जाभा फेम, क्रिप्टो, रोटाला, बोन्साई,  पियरविद, इरेक्टस, रोटाला, भ्यालिसनेरिया, मनिओर्ट, अनुबिया नाना, म्यारिमो मोस बल, एमाजो स्वर्ड, क्रिप्टोकोरिन विन्डिटी, एपोनोजेटोन क्रिस्पस, त्रिस्टमस मोस  आदि छन् । यसको विकल्पमा कृतिम बोटबिरुवा प्रयोग गर्ने प्रचलन बढिरहेको छ । एक्वारियममा प्रयोग गरिने सामग्री एक्वारियम आकर्षक बनाउन विभिन्न सामग्री प्रयोग गरिन्छ । एक्वारियमलाई बाहिरी भागमा भन्दा भित्री भागमा बढी खर्च गर्नुपर्ने हुन्छ । भित्री भाग सजाउन विभिन्न सामग्री जस्तैः हिटर, पम्प, कन्डिसनर, बालुवा, ढुंगा, लाइट, कृतिम वा प्राकृतिक बोटबिरुवा, विभिन्न कलात्मक मूर्ति वा आकृति आदि प्रयोग गरिन्छ । साथै, ग्लास सफा गर्न क्लिनर आवश्यक पर्दछ । घरमा एक्वारियम राख्दाका फाइदा एक्वारियमको विकास र यसको प्रयोग सौखिनबाटै भएको हो । सौखले मानिसमा रचनात्मक, कलात्मक कार्य गर्न उत्सुक बनाउँछ । यही उत्सुकताको प्रतिफलस्वरूप रचना गरिएको एक्वारियम अचेल सजावट र सुन्दरताको सामग्री बन्न पुगेको छ । यसैकारण घरमा एक्वारियम राख्नाले रचनात्मक कार्य गर्न हौसला मिल्छ भन्ने प्रचलन रहेको छ । यसको प्रयोगले विभिन्न फाइदा रहेको कुरा अवगत हुन्छ । जस्तैः परिवारमा शान्त वातावरण रहनमा सहयोगी भूमिका वहन गरेको हुन्छ । प्रकृतिप्रति प्रेमभाव जागृत गराउँछ र जिम्मेवार बन्न सिकाउँछ । वास्तुशास्त्रको मान्यताअनुसार एक्वारियम भाग्य वृद्धि र समृद्धिको प्रतीक मानिन्छ । त्यति मात्र होइन, एक्वारियम हुनु भनेको स्वास्थ्यको लागिसमेत फाइदाजनक देखिन्छ । तनाव कम गर्ने, रक्तचाप कम गर्ने, निद्रा लाग्ने, आनन्दानुभूति गराउनु, बच्चामा शिक्षाप्रति जागरुक गराउने, एकत्रित हुन र शान्त राख्नेजस्ता अनेक फाइदा हुन्छन् । अन्त्यमा के भन्न सकिन्छ भने एक्वारियम एक सौखिन वस्तु हो । यसको प्रयोग विशेषगरी घरमा सुन्दरता थप्न र आकर्षक सजावटका लागि उपयोग हुन्छ ।

सम्बन्धित सामग्री

वातावरण समूहबाटै सहसचिवसम्म पुग्ने बाटो खुल्यो

वातावरण विज्ञान, वातावरण व्यवस्थापन र वातावरण इन्जिनियरिङ अध्ययन गरेकाले वातावरण समूहअन्तर्गत नै रहेर निजामती सेवामा सहसचिवसम्म बन्ने बाटो खुलेको छ । वन तथा वातावरण मन्त्रालयले सोमबार वन सेवाअन्तर्गत वातावरण समूह सिर्जना...

लगानी र वातावरण

चालू आर्थिक वर्षको सुरुदेखि नै बैंक ब्याजदर चर्को भएको भन्दै निजी क्षेत्र लगानी नगरी बसेको छ । चर्को ब्याजदरका कारण लगानीको वातावरण नभएको निहुँ पारेर निजी क्षेत्र पहिलो पटक सडकमा समेत ओर्लियो । तर, निजी क्षेत्रले भनेजस्तै मुलुकमा लगानीको वातावरण पटक्कै नभएको भने होइन । चालू आवमा सयौंको संख्यामा निजी क्षेत्र आफैंले तयार पारेका प्रोजेक्टले […]

‘वातावरण शिक्षा’ को अन्तरक्रिया

वन तथा वातावरण साहित्यिक समूहको आयोजना तथा हिमाली संरक्षण समूहको प्राविधिक संयोजनमा ‘वातावरण शिक्षा’ पुस्तकको अन्तरक्रिया भएको छ।...

वातावरण संरक्षणमा प्रतिबद्ध छौँ : खुकुरी रम

दि नेपाल डिस्टिलरिज प्रालिले कम्पनी वातावरण संरक्षणमा प्रतिबद्ध रहेको बताएको छ । ‘विश्व वातावरण दिवस २०२२’ को अवसरमा आइतबार एक विज्ञप्ति जारी गर्दै खुकुरी रम उत्पादक कम्पनीले यस्तो बताएको हो ।

पोखरेललाई वातावरण पत्रकारिता पुरस्कार

नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले वातावरण पत्रकारिता पुरस्कार–२०२१ पत्रकार गोविन्द पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ । समूहले प्रत्येक वर्ष पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सन् २०२१ भरी वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकताका आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर

वातावरण संरक्षणमा सबैले सहयोग गरौं : प्रधानमन्त्री देउवा

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणका कारण पृथ्वी नै प्रभावित हुने भएकोले वातावरण संरक्षणमा सबैले सहयोग गर्न आह्वान गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै प्रधानमन्त्री देउवाले वातावरण संरक्षण अभियानमा आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री देउवाले वातावरणको संरक्षण नहुँदा जलवायु परिवर्तन भई विभिन्न प्रकोहरूको सामना […]

वातावरण र मानव अधिकार

हाम्रो वरपरका सबै प्राकृतिक तथा मानव सिर्जित विद्यमान परिवेश नै वातावरण हो । यो विषय सबैको चासो र सरोकारको सवाल हो । विश्वव्यापी रूपमा विश्व वातावरण दिवस मनाइरहेको सन्दर्भमा वातावरणका क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाहरूलाई विद्यमान वातावरणको अवस्थाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउने सबैभन्दा ठूलो अवसर पनि हो ।नेपालको सन्दर्भमा २०७७ साल वातावरणीय सवालमा चर्चामा रह्यो । नेपाल विश्वमा नै सबैभन्दा प्रदूषित देशमा सूचीकृत हुन बाध्य भयो । नेपालमा पहिलो पटक वायु प्रदूषणको कारण शै

वातावरण सन्तुलनमा विशेष ध्यान देऊ

वातावरण प्रदूषणका कारणले मानव स्वास्थ्यमा ठूलो असर गरिरहेको छ । त्यसमा पनि काठमाडौंलगायत मुख्य सहरमा वातावरण प्रदूषणको दुष्प्रभाव निकै परिरहेको छ । प्रदूषणको दुष्प्रभावका कारण मानिसलाई साझँ–बिहान हिँड्नसमेत निकै गाह्रो भएको छ भने गाडी गुड्दा निस्कने धुवाँधुलोले त्यसमा झनै समस्या थप्ने गरेको छ । चिकित्सक तथा वातावरणविद्हरूले आफ्नो स्वास्थ्यको ख्याल गर्न र वातावरण प्रदूषणबाट बच्न […] The post वातावरण सन्तुलनमा विशेष ध्यान देऊ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

‘व्यवसाय गर्ने वातावरण मिलाउ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यवसायीलाई व्यवसाय गर्ने वातावरण मिलाउन सरकार समक्ष आग्रह गरेका छन् । पोखरा चेम्बर अफ कमर्स कास्कीको साधारणसभा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले कोरोनाले गर्दा अझै केही व्यवसायहरु पूर्ववत रुपमा सञ्चालन हुन नसकेको गुनासो गर्दै सरकारले व्यवसाय गर्ने वातावरण सृजना गरेमा निजी क्षेत्रले २० प्रतिशत भन्दा […]