कपिलवस्तुमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको गोरुसिङ्गे बनगाई सडक खण्ड अन्तर्गत खारखानीमा धनगढीबाट नारायणगढ तर्फ जाँदै गरेको ना ५ प ७७५ नम्बरको बसको ठक्करबाट साइकलमा सवार कपिलवस्तु नगरपालिका ९ जगदिशपुरका अशोक चौधरीको मृत्यु भएको हो ।प्रहरीले सडक किनारमा बिग्रेर रोकिराखेको टिप्परलाई ओभर ट्याक गर्ने क्रममा बसले ठक्कर दिँदा मृत्यु भएको जनाएको छ । ठक्कर दिने बस र चालक ईलाका प्रहरी कार्यालय गोरुसिंगेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।