अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसको कार्यालयमा काम गर्न अप्ठ्यारो रहेको र चीफ अफ स्टाफ समस्याको जड रहेको खुलासा भएको छ ।
कार्यालयमा स्वस्थ वातावरण नरहेको र कर्मचारीहरूलाई हेपेर व्यवहार गरिने पोलिटिको पत्रिकाले बुधवार खबर दिएको छ ।
विशेषगरी ह्यारिसका कर्मचारीहरू कमलाले आप्रवासी संकटको मूल्यांकनका लागि दक्षिणी सीमाको भ्रमण गरेकोमा आत्तिएका छन् । टीमका सदस्यहरूका लागि त्यो अव्यस्थाको क्षण भएको बताइएको छ ।
कार्यालयमा प्रोत्साहन नगरिएको, सञ्चार सुविधामा छिद्र भएको र सहयोगी तथा वरिष्ठ अधिकारीहरूबीच विश्व...