काठमाडौं : कात्तिक शुक्ल प्रतिपदाका लागि नेवार समुदायले आफ्नो आत्म पूजा गर्ने पर्व मनाउने गर्दछन्।आत्म सन्तुष्टिका लागि र नेपाल सम्वतको खुशीयालीको अवसरमा आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रशन्न भई आर्शिवाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास रहिआएको छ।ललितपुर हात्तीवनका राजेश अवालेले ज्ञानको द्धिप बाल्ने काम आफैबाट मात्रै सम्भव हुने भएकाले म्हः पूजा गर्ने गरिएको बताए। उनले नेपाल सम्वतको अवसर पारेर खुशीयाली साटासाट गर्ने र सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्ने