पशुपति क्षेत्रमा देखिएकाे नाैलाे बिरालो (तस्वीरहरू)

झट्ट देख्दा बिरालो भनेर पत्याउनै नसकिने । हिजो पशुपति क्षेत्रमा यस्तै एक बिरालो देखियो । खानाको खोजीमा भौतारिरहेको बिरालोलाई मानिसहरूले ध्यान दिएर हेरे

सम्बन्धित सामग्री

शिलापत्रले देखेको ‘नौलो बिरालो’, कुरो मिलेन नि !

केही दिनअघि ‘पशुपति क्षेत्रमा देखिएको नौलो बिरालो’ शीर्षकमा शिलापत्र अनलाइनमा प्रकाशित फोटो समाचारले ध्यान खिच्यो। वन्यजन्तुमा रुचि राख्ने र काम गर्ने भए पछि यस्ता समाचारले आकर्षित गरी हाल्छ। समाचारमा क्लिक गरेँ, अन्य जानकारीहरू पनि पढेँ तर ती जानकारीहरूमा विश्वस्त हुन् सकिनँ। समाचारमा लेखिएका यी प्रसंगहरु कति सत्य, कति गफ छन् ? आउनुस् तलका जानकारीहरु पढौँ।… Continue reading

सन्की महाराज

भक्त विश्वकर्मा सन्की महाराजको एकै झाँेकमा सत्तरी वर्षको उपलब्धि गल्र्यामगुर्लम पारी पल्टाइदिने कति अहङ्काकारी ? कति स्वेच्छाचारी तिमी ? तिम्रो एक सनकले शोषितपीडितको घाउमा नुनचुक परेको छ नेपालआमाको मुटुमा क्यान्सर झैँ बल्झिदै छ गणतन्त्र, धर्म निरपक्षतामाथि कालो बादल मडारिरहेको छ समावेशी समानुपातिक अधिकारमा खिया लाग्दै छ । सन्की महाराज ! तिम्रा कारणले साम्राज्यवादी स्यालरू सल्बलाउँदै छन् कथित धार्मिक जुकाहरू मुन्टा उठाउँदै छन् प्रतिगामीहरू दीपावली गर्दै छन् । सन्की महाराज किन जलाइदियौ सहिदका सुनौला सपना ? किन बन्न खोज्यौ तानाशाह ? किन गरिबदुखीका आशालाई बुटले कुल्चियौ ? इतिहासलाई किन कालो बनायौँ ? तिमीलाई थाहा थियो त इतिहास कालो बनाउनेलाई जनताले धुलो चटाउँछन साङ्लोले बाधेर नौडाँडा कटाउँछन् । ती हिटलर र जारहरूलाई घुडा टेकाएकै हुन जनताले नेपालकै जहाँनियालाई तह लगाएकै हुन जनताले उज्यालोलाई कालरात्री पार्ने पञ्चको गानु हालेकै हुन् जनताले तिमी त को हौ र ? मात्र तानाशाह बन्न खोज्ने मान्छे । बैरी हसाउने एउटा निर्लज्ज मान्छे हौ तिमी सूर्यलाई हत्केलाले छेक्न खोज्ने पाखण्डी न हौ सौताको रिसले आफ्नै ओछ्यानमा सू सू गर्ने घमण्डी हौ । तिमी अब अगाडि नबढ आफ्नो कुकार्यप्रति पश्चाताप गर सक्छौ, अधिनायकी फिर्ता गर सक्दैनौ, थप जनतालाई क्रोधित नबनाऊ । बरू पशुपति जाउ—तीर्थब्रत गर गौदान गर—बैतरणी तर कम्युनिस्टको नाममा मजाक नबन तिमीले आफू मुकुण्डोधारी भएको सबुद लोकले बुझिसके । तिम्रो बाघको गर्जाइ बिरालो भई म्याउ म्याउ भइसक्यो तिमी कति सच्चा माक्र्सवादी–लेनिनवादी रहेछौ भन्ने जगत्ले देखिसक्यो । अहङ्कारी सोचमा लगाम लगाऊ तिम्रो स्वेच्छाचारी कदमलाई पूर्णबिराम लगाऊ गरिखाने वर्गको वर्गदुस्मन नबन मुक्तिकामी आन्दोलनलाई पछाडी नधकेल आजको युगको नवरावण नबन सन्की महाराज बन्ने प्रयास नगर ।