र्यापर आशिष राना ‘लाउरे’ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कास्कीले उनलाई ५० हजार धरौटीमा छाड्ने आदेश गरेको कास्कीका एसपी रमेश थापाले रातोपाटीलाई जानकारी दिए ।लाउरे लागूऔषधसम्बन्धी मुद्दामा गत १४ पुसमा पक्राउ परेका थिए । उनीसँगै पक्राउ परेका नबिन कुमार गुरुङ, ध्रुवबहादुर थापा र सुस्मिता गुरुङलाई न्यायधीस बाबुराम सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।लागूऔषध खैरो हेरोइन कारोबार गरेको अभियोगमा प्रहरीले लाउरेसहित ४ जनालाई पोखराको पृथ्वीचोकबाट पक्र