कुमारी बैंकले २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणासम्मको प्रतिफल दिने विविध निक्षेप मुद्दती योजनाको घोषणा गरेको छ । सो योजनामा इच्छुक व्यक्ति तथा संघसंस्थाहरू समावेश हुन सक्ने छन् । उक्त मुद्दती निक्षेप योजनाहरु दीर्घकालीन अवधिको लागि निक्षेप राखी आकर्षक प्रतिफल प्राप्त गर्न इच्छुक व्यक्ति तथा संघसंस्थातर्फ लक्षित रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो निक्षेप योजना अनुसार व्यक्ति तथा संघसंस्थाहरूले तोकिएको अवधि समाप्तिपछि आफ्नो साँवा रकमको २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा