काठमाण्डाै – नेकपा एमालेका सांसद तथा सचिव योगेश भट्टराईले वर्तमान गठबन्धनको सरकार बनेदेखि शेयर बजार घटेको घट्यै गरेको बताउनुभएको छ । प्रतिनिधि सभामा बोल्दै सांसद भट्टराईले यो सरकारले बनाएका गलत नीति र मन्त्री तथा गठबन्धन दलका नेताहरूका गलत भनाइले गर्दा शेयर घटेको आरोप लगाउनुभयो ।
‘अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र आज केही महिनादेखि अशान्त छ, समस्याग्रस्त महत्त्वपूर्ण अर्थतन्त्रको क्षेत्र केही महिनादेखि अशान्त छ, समस्याग्रस्त छ । यो सरकार बनेपछि, सरकारमा सामेल भएका राजनीतिक दलका केही नेताहरूको...