सर्वोच्च अदालतले गर्ने फैसला सबैले मान्नुपर्छ- राष्ट्रियसभा अध्यक्ष

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला सबैले मान्नुपर्ने बताएका छन् ।     नेपाल पत्रकार महासङ्घ कास्कीको १५औँ साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बताउँदै सर्वोच्चले गरेको फैसला मान्नु सबैको कर्तव्य भएको बताए । नेपाली जनताले इतिहासमा आफ्नो पूर्णकार्यकाल बिताएको लोकतान्त्रिक सरकार अहिलेसम्म पनि देख्न नपाउनु विडम्बना भएको उनले बताए  । सरकार अस्थिर रहँदा दीगो विकास हुन नसक्ने ...