काठमाडौं। अर्थ मन्त्रालयले पछिल्लो २४ घण्टामा विभिन्न नाकाबाट नेपालमा ५४ हजार थानभन्दा बढी मेडिकल उपकरणहरू नेपाल भित्रिएको जनाएको छ। मन्त्रालयका अनुसार सो अवधिमा ५४ लाख ३८ हजार ४०१ थान मेडिकल उपकरणहरू, ४,८०० एमटीक्यू अक्सिजन, ८३० भायल्स कोभिड-१९ खोप, ५६८ केजी कोभिड-१९ टेस्ट किट, १२,८४३ केजी स्यानिटाइजरलगायतका औषधीहरू नेपाल भित्रिएको छ।