आगामी निर्वाचन : चुनावी चहलपहल बढ्दै

महोत्तरी – निर्वाचन प्रचार-प्रसारका लागि सभा, सम्मेलन खुला प्रचार अभियान खुलेसँगै महोत्तरी-१ प्रतिनिधिसभामा चुनावी चहलपहल बढेको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुरूप कात्तिक १७ देखि निर्वाचनका लागि उम्मेदवार र दलले खुला प्रचार गर्न पाउने अवधि सुरु भएपछि यहाँ चुनावी चहलपहल ह्वात्तै बढेको हो ।  निर्वाचन क्षेत्रका बस्ती-बस्तीमा दल र उम्मेदवारका निर्वाचन चिह्नका प्रचार गीत […]

सम्बन्धित सामग्री

आगामी निर्वाचन कौरव र पाण्डवको लडाईं हो : प्रचण्ड

दैलेखको क्षेत्र नं. २ दुल्लुमा गरिएको चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन आम नागरिकहरूको अधिकारको रक्षा गर्ने वा खोस्ने भन्ने विषयमा जनमत सग्रहको...

आगामी निर्वाचन : स्थानीय एजेण्डामा केन्द्रित उम्मेदवार

गलेश्वर– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन नौ दिनमात्र बाँकी रहँदा म्याग्दीमा चुनाव प्रचारप्रसार अभियान तीव्र बनेको छ । गाउँगाउँमा आयोजित चुनावीसभामा उम्मेदवार र राजनीतिक दलका नेताले राष्ट्रिय एजेण्डाभन्दा स्थानीय एजेण्डालाई चुनावी मुद्दा बनाएका छन् । गाउँगाउँमा आयोजित आमसभामा उम्मेदवारले माहोल बनाउन र मतदाता रिझाउन प्रयास गरिरहेका छन् । मतदानमा सहभागी हुने दिन नजिकिँदै जाँदा वडास्तरमा […]

आगामी निर्वाचन : बाँके २ मा त्रिपक्षीय प्रतिस्पर्धा

राँझा– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं २ मा पूर्वमन्त्री र पूर्वनगरप्रमुखबीच चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । जनता समाजवादी पार्टीका नेता पूर्वमन्त्री मोहम्मद इस्तियाक राई र राप्रपाका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वनगरप्रमुख डा. धवलशम्शेर राणा गाउँगाउँमा चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन्। दुवै उम्मेदवारले नेपालगञ्जमा विकासको एजेण्डालाई […]

आगामी निर्वाचन : मतदाता रिझाउँदै उम्मेदवार

बैतडी– आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिएसँगै बैतडीका राजनीतिक दलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवार बनेकाहरू मतदाताको घरदैलोमै पुगेर मत मागिरहेका छन् ।  उम्मेदवार विभिन्न आश्वासन दिँदै मतदातालाई रिझाउनमा व्यस्त छन् । चुनावी प्रचारमा जुटेका उम्मेदवारसहित दलका नेता, कार्यकर्ता घरदैलो तथा गाउँघरमा देखिन […]

आगामी निर्वाचन : पुराना र नयाँ उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा

काठमाडौँ– काठमाडौँ क्षेत्र नं ६ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नयाँ र पुराना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका भीमसेनदास प्रधान र नेकपा (एमाले) बाट सर्वेन्द्र खनाल चुनावी मैदानमा छन् । उक्त क्षेत्रमा प्रधान दुईपटक सांसदमा निर्वाचित उम्मेदवार छन् । […]

चुनावी घोषणापत्रमा कांग्रेस र एमालेका आर्थिक एजेण्डा

काठमाण्डाै – सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रमुख प्रतिपक्ष दल नेकपा एमाले दुवैले चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसले  शनिवार र नेकपा एमालले मंगलवार  आगामी निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् । अन्य राजनीतिक दलहरुले पनि चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि अधिकांश राजनीतिक दलका घोषणापत्रमा मुख्यगरी चुनावपछि बन्ने सरकारले देशको अर्थ व्यवस्था कस्तो बनाउने भन्ने विषयका आर्थिक एजेण्डालाई प्राथमिकता...

दल दर्ताको निवेदनमाथि छानविन गर्दै निर्वाचन आयोग

काठमाडौँ । आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनको तयारी गरिरहेको निर्वाचन आयोगले चुनावी प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलका निवेदन अध्ययन गरिरहेको छ । आगामी निर्वाचन प्रयोजनका लागि आयोगमा ८४ दल दर्ता भएका छन् । ती दलहरूले दर्ताका लागि बुझाएको आवश्यक कागजातमाथि जाँच बुझ गरिरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।  जाँचबुझका […]

गठबन्धन सरकार विघटन गरी स्वतन्त्र चुनावी सरकार गठन गर्न राप्रपाको प्रस्ताव

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचन स्वतन्त्र र निष्पक्ष गराउन स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने बताएका छन् । निर्वाचनको घोषणापछि मौजुदा संसदलाई निरन्तरता दिन नहुने भन्दै उनले  निर्वाचन स्वतन्त्र निष्पक्ष होस् भन्नका लागि सरकारसमेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुने उनले बताए । ‘निर्वाचन घोषणापछि पनि संसदलाई निरन्तरता दिने होइन बरू निर्वाचन स्वतन्त्र निष्पक्ष होस् भन्नका लागि सरकारसमेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक

हुटिट्याउँहरुको राजनीति र आगामी निर्वाचन

नेपाली नेताहरुमा एउटा साझा चरित्र अर्थात हुटिट्याँउ प्रवृत्ति विकसित भइरहेको छ, आफ्नो व्यवहार र अभिव्यक्तिबाट। त्यसलाई उनीहरु खुला तथा निर्लज्जरुपमा जन सामु प्रदर्शन गरिरहेका छन्। हरेक समस्यालाई प्रलयकारी रुपमा प्रस्तुत गर्दै समाधानमा आफूले खेलेको भूमिकाका कारण मात्र राष्ट्र जोगिएको या त्यो प्रलय टलेको उनीहरु ‘चुनावी’ सभा जस्तो लाग्ने भेलाहरुमा या सञ्चार माध्यममा उनीहरुले दाबी गर्न […]