२२ असोज, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाएका ६५ प्रतिशतमा रोगप्रतिरोधात्मक क्षमता (एन्टीबडी) पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका १,७९६ जनामा एन्टीबडी अध्ययन गर्दा खोप लगाएका ६५ प्रतिशत र खोप नलगाएका ४.७ प्रतिशतमा एन्टीबडी बनेको पाइएको हो । अनुसन्धानमा सहभागी कुल संख्याको ६१ प्रतिशत (९४१ जना) मा एन्टीबडी देखिएको थियो […]