काठमाडौं (अस) । भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स कम्पनीबीच बीमा सहकार्य सम्झौता भएको छ ।कार्यक्रममा उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा विषयक छलफल आयोजना गरिएको कम्पनीले बताएको छ । संघ अध्यक्ष शिवप्रसाद मानन्धरले बीमाबारे प्रकाश पारेका थिए । अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले भक्तपुर क्षेत्रका व्यवसायीसँग सहकार्य गरी परिस्कृत सेवा दिन यो सम्झौताले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक डोरिन्द्रराज दहालले डोरिन्द्रराज दाहालले बदलिँदो परिस्थितमा बीमाको अपरिहार्यताबारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा संघका महासचिव दिनेश गोसाईं, वरिष्ठ उपाध्यक्ष रोशनी मैया धौबन्जारले बीमाका लाभ सम्बन्धमा आ–आफ्नो धारणा व्यक्त गरे । उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्री र संघ अध्यक्ष मानन्धरले बीमा सेवा सम्झौतापत्रमा हस्ताक्षर गरे ।