काठमाडौँ- सरकारले दसैंमा यातायात आवागमन सहज बनाउन ठूला तथा खाद्यान सामग्रीको ट्रेलर जस्ता सवारीसाधनलाई असोज १५ देखि २२ गतेसम्म लगाउने भएको छ ।
यात्रुवाहक सवारीसाधनलाई घटस्थापनादेखि पूर्णिमासम्म देशभर सबै रुट परमिट खुला गरिने यातायात व्यवस्था विभागले जनाएको छ । बाटो तथा प्राकृतिक संरचनाका कारण चल्न निषेध गरिएका सवारी...
काठमाडौँ- सरकारले दसैंमा यातायात आवागमन सहज बनाउन ठूला तथा खाद्यान सामग्रीको ट्रेलर जस्ता सवारीसाधनलाई असोज १५ देखि २२ गतेसम्म लगाउने भएको छ ।
यात्रुवाहक सवारीसाधनलाई घटस्थापनादेखि पूर्णिमासम्म देशभर सबै रुट परमिट खुला गरिने यातायात व्यवस्था विभागले जनाएको छ । बाटो तथा प्राकृतिक संरचनाका कारण चल्न निषेध गरिएका सवारी...
बाँके । कोरोना महामारीका कारण प्रभावित हुँदै आएको नेपाल–भारतमैत्री बससेवा दुई वर्षपछि पुनः सञ्चालनमा आएको छ । नेपालगञ्जस्थित भेरी यातायात प्रालिले यहाँबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनउ, देहरादुन र हरिद्वारका लागि नेपाल–भारत यात्रुमैत्री बससेवा सञ्चालन गर्दै आएको थियो ।
कोरोनाको त्रास कम भएसँगै सीमानाकामा दुवै देशबाट सवारी यातायात आवागमन अनुमति भएकाले आइतबारदेखि नेपाल–भारत बससेवा पुनः सुरु गरिएको भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिए ।
उनका अनुसार कोरोना भाइरस महामारीले गर्दा दुई वर्षदेखि मैत्री बससेवा बन्द गर्नुपरेको थियो । बससेवा बन्द हुँदा व्यवसायीलाई ठूलो आर्थिक नोक्सानी हुनुका साथै यात्रुले समेत सास्ती बेहोर्नुपरेको थियो । लामो समयदेखि रोकिएको बस सेवा पुनः सञ्चालन भएपछि भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनउ, देहरादुन र हरिद्वार जाने नेपालीलाई सहज हुने भएको छ । सीधा यातायात सेवा सञ्चालन नहुँदा कामको खोजीमा भारत जाने र भारतबाट घर फर्किने नेपाली धेरै ठाउँमा ठगिने गरेका थिए । बससेवा सञ्चालन भएपछि अब सीमावर्ती भारतीय बजार रुपैडिहालगायतका भारतीय सहरमा भारतबाट घर फर्किने नेपाली लुटिने तथा ठगिने घटना रोकिने होटल व्यवसायी महासंघ बाँकेका अध्यक्ष भीम कँडेलले बताए ।
नेपालगञ्जबाट स्वास्थ्योपचारका लागि दैनिकजसो ठूलो संख्यामा नेपाली नागरिक भारतको लखनउ जाने गरेका छन् । त्यसलाई लक्षित गरेर हरेक दिन बिहान ८ बजे नेपालगञ्जबाट बस छुट्ने र लखनउबाट नेपालगञ्जका लागि राति ८ बजे बस छुट्ने व्यवस्था मिलाइएको भेरी यातायात प्रालिका अध्यक्ष गिरीले जानकारी दिए । रासस
भारतको पासाखा नाकामा आएर ठोक्किने एसियन राजमार्गबाट नेपाल, भारत, भुटान र बंगलादेशबीचको यातायात आवागमन सहज हुने देखिएको छ ।पुरानो चल्तीको फुन्चोलिङलाई ओझेलमा पार्ने गरी भारत र भुटानको सीमावर्ती विन्दु पासाखा क्षेत्रमा मात्रै भुटानले ५० भन्दा बढी ठूला उद्योग सञ्चालनमा ल्याइसकेको छ ।
न्युज अफ नेपाल काठमाडौं । बिहिबार शिवरात्रिका दिन पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चलाउन निषेध गरिएको छ । देशविदेशबाट लाखौं भक्तजन काठमाडौं आउँछन् । भक्तजनहरु काठमाडौं आईरहदाँ पशुपतिनाथ मन्दिर वरिपरिको क्षेत्रमा अत्यधिक चाप बढ्ने भएकाले यातायात आवागमन सहज बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष योजना बनाएर सार्वजनिक गरेको छ ।
२६ फागुन, काठमाडौं । बिहीबार शिवरात्रि पर्व । आराध्यदेव पशुपतिनाथको पूजा गर्न देशविदेशबाट लाखौं भक्तजन काठमाडौं आउँछन् । भक्तजनहरु काठमाडौं ओइरिँदा पशुपतिनाथ मन्दिर वरिपरिको क्षेत्रमा अत्यधिक चाप बढ्छ । त्यसैले यातायात आवागमन सहज बनाउन महानगरीय …