यज्ञका लागि सरसामग्री जुटाउन दलित, गैरदलित सँगसँगै सक्रिय बने । फूल, प्रसाद वितरण र ग्रहण गर्ने अगुवाइमा पनि विभेद थिएन । शुक्रबार भीमसेन थापा गापा–५ बगुवामा श्रीमद्भागवत प्रवचनमा घुइँचो थियो । विभेदमुक्त समाज घोषणाको अगुवाइ गर्दै जन्मथलो आएका पं दीनबन्धु पोखरेलले कथा वाचन गरे । जहाँ दलित/गैरदलितबीच विभेद थिएन । लामाचौरकी इन्दिरा विक शुक्रबार पहिलो पटक पुराण सुन्न सहभागी बनिन् । भन्छिन्, ‘यहाँ विभेद नदेख्दा खुसी लागेको छ, यसरी नै जनचेतना फैलाउँदै गए विभेद अवश्य अन्त्य हुन्छ ।’