अस्पतालमा आफ्नो उपचार गराउँदा–गराउँदै छाडेर बाढीपीडितको उपचार गर्न सप्तरी पुगेका डा. गोविन्द केसी ग्यास्ट्रिकले च्यापेपछि फेरि अस्पताल भर्ना भएका छन्। एघारौं चरणको अनसन सकेर टिचिङ अस्पतालको वार्डमा उपचाररत् डा. केसी गएको बिहीबार पेट दुख्दादुख्दै सप्तरी हिँडेका थिए। सप्तरी जाने बेला पनि उनको माथिल्लो पेट दुख्दै थियो। त्यहाँ दुखाइ कम गर्न उनले लगातार इन्जेक्सन लिएका थिए।…