केपी शर्मा ओली नेतृत्वको सरकारले सातवटै प्रदेशमा प्रदेशस्तरीय सरुवा रोग अस्पताल स्थापना गर्ने घोषणा गरेको थियो ।
२०७७ जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा प्रयोगशाला परीक्षण सेवा सहित ३ सय शय्याको केन्द्रीय र ५० शय्याको प्रदेश स्तरीय सरुवा रोग अस्पताल स्थापना गर्ने उल्लेख गरिएको थियो ।
सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बन्ने भन्ने सुन्दा स्वाभाविकरूपमा प्रदेश १ का जनतामा पनि खुशियाली छायो । त्यही कार्यक्रमअन्तर्गत २०७७ साल माघ १९ गते मोरङको सुन्दरहरैँचा नगरपालिका&nd...