आजदेखि कमजोर हुँदै मनसुन‚ एक सातासम्म पानी पर्ने सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि मनसुन केही कमजोर हुँदैछ। सामान्यतया सेप्टेम्बर २३ मा सकिनुपर्ने भए पनि यस वर्ष मनसुन केही दिन धकेलिने मौमसविद् मीनकुमार अर्यालले जानकारी दिए।यद्यपि‚ आजदेखि कमजोर हुँदै जाने मनसुन दुई हप्तासम्म सकिने अर्यालले बताए। स्थानीय वायु र जलवाष्पयुक्त हावाको असरको कारण कम्तीमा पनि अबको एक साता देशका अधिकांश स्थानमा हल्का पानी पर्ने महाशाखाले पूर्वानुमान गरेको छ।अर्यालका अनुसार मनसुन कमजोर हुने क्रममा रहे पनि मंगलबार देशभ

सम्बन्धित सामग्री

आगामी साता न्युयोर्कको तापक्रम ८० डिग्री फरेनहाइट नाघ्ने

आगामी साता न्युयोर्कको तापक्रम ८० डिग्री फरेनहाइट नाघ्ने राष्ट्रिय मौषम सेवाले अनुमान गरेको छ । यो सप्ताहन्तपछि न्युयोर्क सिटीको तापक्रममा उल्लेख्यबृद्धि भएर समरकै जस्तो तातो हुने जनाइएको छ । न्युयोर्कवासीहरूले सप्ताहन्तमा घमाइलो आकाशका साथमा ७० डिग्री आसपासको सुखद मौषम पाउनेछन् भने हल्का पानी पर्ने सम्भावना पनि रहेको छ । शनिबार ६० डिग्री आसपासमा चिसो हुने […]

सहज नदेखिएको यो साता राजनीतिक उतारचढाव बढ्ने, जनताले दुःख कष्ट भोगिरहनुपर्ने

राजनीतिक उतारचढाव बढ्ने छ । जनताले दुःख कष्ट भोगिरहनु पर्नेछ । महंगी स्थिर रहनेछ । पश्चिमतिरका भूभागमा दुर्घटनाको सम्भावना । पानी पर्ने सम्भावना नभए पनि मौसम सफा रहने छैन ।

सहज नदेखिएको यो साता राजनीतिक उतारचढाव बढ्ने, जनताले दुःख कष्ट भोगिरहनुपर्ने

राजनीतिक उतारचढाव बढ्ने छ । जनताले दुःख कष्ट भोगिरहनु पर्नेछ । महंगी स्थिर रहनेछ । पश्चिमतिरका भूभागमा दुर्घटनाको सम्भावना । पानी पर्ने सम्भावना नभए पनि मौसम सफा रहने छैन ।

नेपालबाट कहिले बाहिरिन्छ मनसुन ?

नेपालमा यस वर्षको अक्टोबर २ तारिखसम्म मनसुन रहने पूर्वानुमान गरिएको थियो । तथापी, पूर्वनिर्धारित मितिभन्दा करिब दुई साता मनसुन लम्बिएको छ । अबको एक सातापछि नेपालबाट मनसुन बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिए । जुन ५ तारिखदेखि नेपालको पूर्वी भेग भएर मनसुन शुरु भएको थियो ।हाल नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपासमा न्यून चापीय क्षेत्रको असर रहेकाले मनसुन केहीदिन लम्बिएको मौसमविद् पौडेलले बताए । उनले भने, “मनसुन आगामी शनिबार र आइतबारदेखि बाहिरिने देखिन्छ । यो वर्ष मनसुन बाहिरिने क्रममा बङ्गालको खाडीबाट आएको न्यून चापीय क्षेत्रको असरले लम्बिएको हो ।”अहिले राजधानी काठमाडौँ, पश्चिमको पोखरा (कास्की) लगायत देशका पूर्वी भेगको मौसम सामान्यतया सफा रहेको छ । पश्चिमका कर्णाली र सुदूरपश्चिमका अधिकांश स्थानमा वर्षा भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा अहिले वर्षा भइरहेको र मनसुन पनि सोही क्षेत्रमा केन्द्रीत रहेको मौसमविद् पौडेलले बताउनुभयो । उनका अनुसार आगामी मङ्गलबारदेखि मौसम सुधार आउनेछ । मनसुन रहदासम्म पानी पर्ने सम्भावना रहेपनि लगातारको झरी पर्दैन ।महाशाखाको पछिल्लो तीन घण्टाको विवरणमा डडेलधुरामा १३ मिलिमिटर, बैतडीमा १८ मिलिमिटर, बर्दियामा १४ मिलिमिटर वर्षा मापन गरिएको छ । मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ ।

यो वर्ष हिउँदमा पनि 'औसतभन्दा बढी पानी पर्ने सम्भावना' - BBC News नेपाली

यसै साता बेमौसमी बाढी तथा पहिरोले गराएको क्षतिबारे विवरण आउने क्रम जारी रहँदा यसपालि हिउँदमा के कति पानी पर्ने सम्भावना छ?

एक सातासम्म वर्षाको निरन्तरता

नेपालमा एकैसाथ पाँचवटा वायु प्रणाली सक्रिय बनेको छ । पाँचवटै प्रणाली सक्रिय हुँदा अझै एक साता वर्षाले निरन्तरता पाउने भएको छ । झुलुक्क घाम लाग्ने अनि फेरि बादल लागेर पानी पर्ने सम्भावना बढी छ ।

काठमाडौंमा हुस्सु र बादल, पानी पर्ने सम्भावना छैन

हुस्सु र बादलले राम्ररी घाम लाग्न नपाए पनि काठमाडौं उपत्यकामा केही दिनभित्र पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार अघिल्लो साता परेको पानी र नजिकैका डाँडाकाँडामा भएको हिमपातले पछिल्लो समय उपत्यकामा बिहान र साँझ बढी चिसो महशुस हुन्छ। ‘बुधबार बिहान हुस्सु लागेको छ, आकाशमा हल्का बादल…