बाजुरा - आइतवारदेखि परेको अविरल वर्षाका कारण बूढीगङ्गा नदीमा आएको बाढीका कारण सयौँ बिघा खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको छ । गएकाे वर्ष साउन २५ गते बूढीगङ्गामा आएको बाढीले खेतीयोग्य जमिन बगाउनुका साथै बगरमा परिणत गरेको थियो । यस वर्ष पनि वर्षातकाे समयमा नदीले निरन्तर कटान गर्दै जाँदा बाजुरा र अछामका दर्जनौँ बस्ती र खेतीयोग्य जमिन नदीले कटान गरेको छ ।
बडिमालिका नगरपालिका-२ को भौनेरा, ८ को रापक र त्यही नगरपालिका-६ को वीरेखोलाको सयौँ मुरी फल्ने खेतीयोग्य जमिन कटान सुरु गरेको त्यहाँका स्थानीयवासीले बताएका ...