नेपालमा थप दुई हजार ६३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या छ लाख ८७ हजार १९५ पुगेको छ । थप सात हजार ५०३ जनाको पिसिआर परीक्षण तथा पाँच हजार ८२ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट एक हजार ७१८ तथा एन्टिजेनबाट ९१६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म छ लाख १२ हजार ९९४ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ५६५ सङ्क्