काठमाडौँ। कोरोना सङ्क्रमणको कारण बाँके जिल्लामा आजको दिन नौजना सङ्क्रमितको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी गराएका छन्। जिल्लामा ६८, ७३, ५५ वर्षीया महिला र ५७ वर्षका पुरुष गरी चारजना बाँकेका, बर्दियाका ८० वर्षीय पुरुष र ७५ वर्षीय महिला, दाङकी ५६ वर्षीया, कञ्चनपुरकी ४७ वर्षीया र कैलालीकी ७४ वर्षीया गरी बाहिरी जिल्लाका पाँचजना सङ्क्रमितको मृत्यु भएको उनले बताए।