युवाहरूलाई जीवन परिवर्तनको पाठ सिकाउन अल्टिट्युड

भनिन्छ, ‘पानी र जवानी कहिले फर्केर आउँदैन ।’ यो भनाई ऊर्जाशील युवा पुस्ताले जीवन बर्बाद हुनबाट सचेत हुनुपर्ने कुराप्रति पनि लक्षित छ। कतिपय मानिसहरू जीवन जिउन नजानी नराम्रो लत लाग्न बाध्य भइदिन्छन्।जीवनको सुन्दरता तथा महत्वबारे भेउ नपाउनेहरू लापरबाहीपूर्व...

सम्बन्धित सामग्री

युवाहरूलाई जीवन परिवर्तनको पाठ सिकाउन अल्टिट्युड

भनिन्छ, ‘पानी र जवानी कहिले फर्केर आउँदैन ।’ यो भनाई ऊर्जाशील युवा पुस्ताले जीवन बर्बाद हुनबाट सचेत हुनुपर्ने कुराप्रति पनि लक्षित छ। कतिपय मानिसहरू जीवन जिउन नजानी नराम्रो लत लाग्न बाध्य भइदिन्छन्।जीवनको सुन्दरता तथा महत्वबारे भेउ नपाउनेहरू लापरबाहीपूर्व...

नवलपुरका युवा मौरी पालनतर्फ आकर्षित

नवलपुर । राम्रो आम्दानी दिन थालेपछि नवलपुरका युवाहरू मौरी पालनमा आकर्षित भएका छन् । मौरीपालन गर्न युवाका लागि केन्द्र, प्रदेश र पालिकाहरुले अनुदान प्रदान गरेकाले पनि युवा मौरीपालनमा लागेका हुन । मौरीपालनले नवलपुरका युवाहरूलाई विदेशमा मात्र होइन स्वदेशमा पनि सजिलै पैसा कमाउन सकिन्छ भन्ने पाठ सिकाएको छ । स्वदेशमा आर्थिक आयआर्जनको स्रोत नदेखेका युवा अहिले […]

द्रुत गतिमा तयारी थाल

सरकार र सर्वसाधारणको लापर्वाहीका कारण कोभिड–१९ को महामारी भयावह बन्न सक्ने सम्भावना बढेको छ । २४ घण्टाभित्र २८ जनाको मृत्यु र ३ हजार १२२ संक्रमित भएका छन् जुन हालसम्मकै सर्वाधिक संख्या हो । संक्रमणको क्रम जसरी विस्तार हुँदै गएको छ त्यसले केही दिनभित्रै नेपालको स्वास्थ्य प्रणालीको यो धान्नै नसक्ने गरी भयावह हुने निश्चितप्रायः देखिएको छ । नेपालगञ्जमा भयावह भइसकेको छ भने काठमाडौं उपत्यकामा पनि करीब करीब उस्तै अवस्था आउन लागेको छ । तर, सरकारले यस भयावह समस्यासँग जुध्न र जनतालाई जोगाउन पर्याप्त चासो दिएको देखिँदैन । विश्व स्वास्थ्य संगठनले भनेका र जनस्वास्थ्यविद्ले दिएका सुझावलाई गम्भीर भएर मनन नगरी कार्यान्वयन नगरे यो संकट पूरै नियन्त्रणबाहिर नजाला भन्न सकिँदैन । हो, कोरोनाको पहिलो लहरसँग सबैजना डराएका थिए । सरकारले अर्थतन्त्रमा गम्भीर क्षति पुगे पनि बन्दाबन्दीजस्तो कडा उपाय अपनाएको थियो । त्यही कारण अहिलेको गतिमा कोरोना फैलन सकेको थिएन । तर, अहिले भौतिक दूरी कायम राख्नुपर्ने कुरालाई सरकारले नै धज्जी उडाएको अवस्था छ, नागरिकको स्वभाव पनि उस्तै छ । राजनीतिक विवाद उठाएर त्यसकै नाममा भएका भेला र प्रदर्शनले आममानिसमा स्वास्थ्य सतर्कता नअपनाउन प्रोत्साहित गर्‍यो । भारतमा कोरोनाको भयावहता देखिँदादेखिँदै पनि प्रधानमन्त्री स्वयंले यो केही होइन भन्ने खालको सन्देश प्रवाहित गर्नुभयो । विभिन्न उद्घाटनका लागि भीडभाड बढाउने कामसमेत उहाँबाट भएको पाइन्छ । यसकै परिणाम अहिले सर्वसाधारण नागरिकले भोग्नुपर्ने अवस्था आएको छ । हो, सरकारले भ्याक्सिन ल्याएर अग्रपंक्तिमा खटिने व्यक्तिहरूलाई खोप लगायो । त्यस्तै विभिन्न प्राथमिकता तोकेर केही अंश नागरिकलाई खोपको जोहो गर्नसक्नु राम्रो काम हो । तर, भ्याक्सिनको अविश्वास गरेर प्राथमिकतामा परेका कैयौंले खोप लगाएनन् । सरकारले भ्याक्सिन आयातका लागि गम्भीर कूटनीतिक पहल थाल्नुपर्नेमा त्यसो हुन सकेको देखिँदैन । त्यस्तै भ्याक्सिन लगाउँदा शतप्रतिशत सुरक्षित होइँदैन तर धेरै नै जोगिन सकिन्छ भन्ने सन्देश फैलाउन पनि आवश्यक देखिएको छ । तत्कालको समस्या भनेको अक्सिजन, भेन्टिलेटर, अस्पतालको बेड आदिको जोहो गर्नु हो । नेपालका अक्सिजन प्लान्टहरूलाई पूर्ण उत्पादन गराउन लगाइहाल्नुपर्छ । अहिले भारतबाट अक्सिजन सिलिन्डर ल्याउन सम्भव नभएकाले बंगलादेश, पाकिस्तान, चीन आदि मुलुकबाट ल्याउन पहल थालिहाल्नुपर्छ । स्वास्थ्य मन्त्रालयले सम्भावित भयावह अवस्थाको पूर्वानुमान गरिसकेको अवस्थामा त्यो चुनौतीको सामना गर्न तयारी थाल्न ढिला गर्नु हुँदैन । तर, सरकारको काम गराइको शैली हेर्दा अझै पनि नेपालीलाई कोरोनाले केही गर्दैन भन्ने सोच नै छ कि भनेजस्तो देखाएको छ । अघिल्लो पटकको कोरोनाको लहरबाट नेपालले पाठ सिक्ने सकेको खासै देखिँदैन । केही भौतिक पूर्वाधार बन्यो । तर, भारतमा संक्रमण डरलाग्दो स्तरमा पुगिसक्दा पनि त्यसबाट पाठ सिकेर तयारी थाल्न पहल भएन । अझै पनि सिमानामा पर्याप्त परीक्षण, आइसोलेशन आदिको काम भएको छैन । नेपालले भारतको दुर्दशाबाट पनि पाठ सिक्न सकेको छैन । त्यहाँबाट आइरहेका समाचारले अन्तरराष्ट्रिय रूपमै उसको अवस्थाप्रति चिन्ता प्रकट गर्न थालिएको छ । चुनावमा मात्रै चासो दिएको आरोप संघीय सरकारमाथि लागेको छ । नेपालको अवस्था पनि त्यस्तै खालको देखिन्छ । नेपालले तत्काल अस्थायी अस्पतालहरूको व्यवस्था गर्नुपर्छ । टेन्टहरू राखेर उपचार गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ पनि सोच राखी तयारी गर्न ढिला थाल्नु हुँदैन । आविष्कार केन्द्रले भेन्टिलेटर मर्मत गरेर सहयोग गरिरहेको छ । यस्तो सहयोग अन्य संस्थाहरूबाट पनि लिन सकिन्छ भने त्यस्ता संस्थाहरू खोजेर सहयोग र सहकार्य थाल्नुपर्छ । युवाहरूलाई कोरोनाले केही गर्दैन भन्ने गलत सोच हटाउन पनि अभियान सञ्चालन गर्नुपर्छ । कोरोनाको तेस्रो लहर पनि आउन सक्छ । तर नेपालको तयारी भने निराशाजनक देखिन्छ । विश्व स्वास्थ्य संगठनले भनेका र जनस्वास्थ्यविद्ले दिएका सुझावलाई गम्भीर भएर मनन नगरी कार्यान्वयन नगरे यो संकट पूरै नियन्त्रणबाहिर नजाला भन्न सकिँदैन । कोरोनाबारे धेरै तथ्य अझै थाहा नभएको अवस्थामा यसबाट जोगिन सामाजिक दूरीलगायत सतर्कता अपनाउन कडाइ गर्नुको विकल्प देखिँदैन ।