कालीकोट – कालीकाेटकाे नरहरिनाथ गाउँपालिकाले गाउँमै नेपाली कागज उत्पादन सुरु गरेको छ । गाउँमै पाइने लोक्ता सेतवढुको सङ्कलन गरेर कागज उत्पान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताउनुभयो ।
नरहरिनाथ गाउँपालिका उद्यम विकास शाखाको दुई लाख ४० हजार रुपैयाँमा टोप्ला लघुउद्यम विकास समूह गठन गरी नरहरिनाथ–५ मा कागज उद्योग सञ्चालन गरिएको समूहका अध्यक्ष जसमल बोगटीले बताउनुभयो । गएकाे वैशाखमा स्थापना गरेकाे उद्याेगले दुई सयभन्दा बढी ताउ कागज उत्पादन गरेको छ ।
यस पटकको गाउँ सभामा...