काठमाण्डाै – बेपत्ता पारिएका पीडित परिवारका सदस्यहरूले न्याय नपाए विद्रोह हुनसक्ने सरकारलाई चेतावनी दिएका छन् ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालले काठमाण्डाैमा आयोजना गरेको बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवस २०७८ को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा पीडित सदस्य सावित्री दुराले न्याय नपाए विद्रोह हुनसक्ने चेतावनी दिनुभएको हो ।
अन्तर्राष्ट्रिय सम्झौताहरूले न्याय नपाए विद्राेह गर्न सक्ने अधिकार दिएको भन्दै पीडित दुराले सरकारले समयमा नै न्याय दिनुपर्ने बताउनुभयो । अन्तरक्रि...