डडेल्धुरामा खानेपानीको हाहाकार

लामो समयदेखि पानी नपर्दा परेको खडेरीका कारण गर्मी बढेसँगै खानेपानीका मुहान सुक्न थालेका छन्। पानीका मुहान सुक्न थालेपछि चुरे क्षेत्रका साथै डडेल्धुरा सदरमुकाम र दर्जनौं पहाडी गाउँका बस्तीमा खानेपानीको हाहाकार भएको छ। सदरमुकाममा नै पानीको हाहाकार भएपछि अमरगढी नगरपालिकाले प्रत्येक व्यक्तिलाई ५० लिटरका दरले दमकलमा खोलाको पानी ल्याई वितरण गरिरहेको छ।

सम्बन्धित सामग्री

डडेल्धुरामा खानेपानीका मुहान सुक्दै

गर्मी मौसम सुरु भएसँगै डडेल्धुराका अधिकांश स्थानमा खानेपानीका मुहान सुक्न थालेका छन् ।केही समययता पर्याप्त रूपमा वर्षा नहुनुका साथै ग्रामीण क्षेत्रमा सडक निर्माणको तीव्रतासँगै डडेल्धुरामा खानेपानीका मुहान सुक्न थालेका हुन् । बीच जंगलबाट मनोमानी ढंगले निर्माण गरिएका सडक खण्डका कारण मूलहरू सुक्दा खानेपानीको हाहाकार हुन थालेको हो ।डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु […]

प्रधानमन्त्रीको गृहजिल्लामा खानेपानीको हाहाकार

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा खानेपानीको हाहाकार भएको छ । सदरमुकामसहित ग्रामिण क्षेत्रमा खानेपानीको हाहाकार भएको हो । बागबजार, तुफानडाँडा, खलङ्गा, किर्तिपुर र पोखरालगायतका क्षेत्रमा एक हप्तादेखि  खानेपानीको हाहाकार भएको...

सुनकोटको दलित बस्तीमा खानेपानीको हाहाकार

डडेल्धुरा : डडेल्धुरामा एउटा यस्तो गाउँ छ, त्यहाँका हरेक घरमा नीलो रंगको जर्किन छ। नवदुर्गा गाउँपालिका–१ कोटेलीको सुनकोटका बासिन्दाका प्रत्येक घरमा नीलो रंगको जर्किन छ। त्यो भारतबाट किनेर ल्याइएका हुन्।  सुनकोट गाउँमा दलित समुदायका मानिसको बसोबास छ। गत बिहीबार दिउँसो ४ बजे बस्तीका महिला नीलो जर्किन ल्याएर गा...