भारतको बिहारमा चट्याङ र हावाहुरीका कारण ३३ जनाको ज्यान गयो

भारतको बिहारमा चट्याङ र हावाहुरीका कारण ३३ जनाको ज्यान गएको छ । हिजो दिउँसो तीव्र गतिमा चलेको हावा हुरी र चट्याङमा परेर बिहारका १६ वटा जिल्लामा ३३ जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । हावाहुरी र चट्याङले करोडौँ मूल्य बरारबको भौतिक सम्पत्ति पनि नष्ट गरेको खबरमा उल्लेख छ । कयौँ ठाउँमा बिजुलीका खम्बा ढलेका, पुल भत्किएका र रुख ढल्दा घर भत्किएका र सडक बन्द भएका छन् । पटनाको मौसम विभागले अझै केही दिन तीव्र गतिमा हावाहुरी चल्ने पूर्वानुमान गरेको छ । बिहारका मूख्यमन्त्री नितिश कुमारले ज्यान गुमाएका परिव...

सम्बन्धित सामग्री

चट्याङ किन पर्छ, कसरी बच्ने ?

प्रत्येक वर्ष चट्याङ लागेर नेपालमा धेरै मानिसको मृत्यु हुने गरेको छ । प्रायजसो गर्मी महिनामा बिजुली चम्किने र मेघ गर्जनसहित चट्याङ पर्ने गर्छ । चट्याङको बारेमा हामीले धेरै मिथक सुन्दै आएका छौं । जस्तै, चट्याङ सधैं सबैभन्दा अग्लो वस्तुमा पर्छ वा चट्याङ कहिल्यै पनि एकै ठाउँमा दोहोर्‍याएर पर्दैन । तर यी दुवै कुरा सत्य होइनन् […]

चट्याङ लागेर बालिकाको मृत्यु

काठमाडौं : झापाको बिर्तामोडमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। शुक्रबार साँझ परेको चट्याङ लागेर झापाको बिर्तामोड ३ चैतुबारीमा रुपलाल हस्दाकी छोरी ११ वर्षीया सञ्जुको मृत्यु भएको हो। उनलाई साइकलमा गुडिरहेको अवस्थामा साँझ चट्याङ लागेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

मकवानपुरमा चट्याङ लागेर मृत्यु

मकवानपुरको वकैया  गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जनाइएको छ । चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत मरेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

चट्याङ लागेर एकजनाको मृत्यु

हेटौंडा : मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भ्लोन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जनाइएको छ। चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत…

बाँकेमा चट्याङ लागेर बालकको मृत्यु

बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका राप्तीसोनारी–३ नारायणपुरका ६ वर्षीय अभिषेक थारूको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी...

चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौं । नवलपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मध्यविन्दु–६ भण्डाराका ६० वर्षीय डिल्लीराम थारूको आइतबार साँझ चट्याङ लागेर मृत्यु भएको हो । काम गरेर घर फर्किंदै गरेको अवस्थामा उनलाई चट्याङ लागेर मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ। चट्याङ लागेर घाइते भएका थारुको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे। चट्याङबाट थारूको […]

चट्याङ लागेर दुईको मृत्यु

काठमाडौं । मकवानपुर र काभ्रेमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोलेको मंगलबार राति चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर घाइते भएका गोलेलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । यस्तै, चट्याङ लागेर इन्द्रसरोवर गाउँपालिका–२ का ६२ वर्षीया ठूलीमाया […]

चट्याङ लागेर युवकको मृत्यु

काठमाडौँ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–२ आम्वेगुदिन ल्हासा टोलमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिवार बेलुका करिब साढे ८ बजेतिर चट्याङ लाग्दा स्थानीय २३ वर्षीय मुकेश भट्टराईको मृत्यु भएको हो । उनी पालिका स्तरीय भलिबल खेलाडी पनि हुन् । चट्याङ लागेपछि उनलाई तेल्लोक प्राथमिक उपचार केन्द्रमा पुर्‍याइएको र स्वास्थ्यकर्मीले […]

चट्याङ लागेर एकको मृत्यु

बैतडी । बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गएराती डिलाशैनी गाउँपालिका– ५ खालीफाँटाका २७ वर्षीय महेश लुहारको चट्याङ लागेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । चट्याङ लागेर अन्य तीन जना घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।

चट्याङ लागेर मृत्यु

काठमाडौं। पछिल्लो चौबिस घण्टामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार कपिलवस्तुको मायादेवी गाउँपालिका-३ बस्ने एक महिलाको चट्याङ लागेर मृत्यु भएको हो। डडेलधुराको पर्शुराम नगरपालिका-१० स्यापसालामा र अछामको चौरपाटी गाउँपालिका-४ मा एक/एक जना महिला चट्याङ लागेर घाइते भएका छन्।