ग्लोबल आइएमई र गल्फ एक्सचेन्जबीच सम्झौता, गल्फ एक्सचेन्जकाे एपबाट ग्लोबल रेमिटमा पैसा पठाउन सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहनुभएको नेपालीहरुले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत सहज रुपमा नेपालमा रेमिटेन्स पठाउन सक्नेछन । यसरी ग्लोबल रेमिटमार्फत पठाएको रकम ग्लोबल आइएमई […]

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंकको ‘पैसा आउने, थपेर पाउने’ अफर सार्वजनिक - NepaliPatra

काठमाडौँ । ग्लोबल आइएमई बैंकले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने अफर ल्याएको छ । ‘पैसा आउने, थपेर पाउने’ नारासहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा ५०० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ । यस अफरमा रेमिट्यान्स पठाउने व्यक्तिले २५,००० देखि ५०,००० रुपैयाँसम्म पैसा पठाउँदा १०० रुपैयाँ, ५०,००१ […]

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को न्याभ बढ्यो

काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गत सञ्चालित ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड १ ले मङ्सिर मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको न्याभ कात्तिक मसान्तको तुलनामा मङ्सिर मसान्तमा वृद्धि भएको छ ।  यस फण्डको न्याभ कात्तिक मसान्तमा ८ रुपैयाँ ९६ पैसा रहेकोमा मङ्सिर मसान्तमा बढेर ९ रुपैयाँ ५७ पैसा पुगेको हो । त्यस्तै यस फण्डले सूचीकृत धितोपत्रमा लगानी पनि बढाएको छ । कात्तिक मसान्तमा सूचीकृत शेयरमा फण्डले रू. ७८ करोड ७६ लाख लगानी गरेकोमा मङ्सिर मसान्तमा बढाएर रू. ८४ करोड ९५ लाख पुर्‍याएको हो ।  यस फण्ड मङ्सिर मसान्तमा रू. ५ करोड ९ लाख नोक्सानीमा छ । कात्तिक मसान्तमा पनि फण्ड रू. ११ करोड ३६ लाख नोक्सानीमा थियो ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले गर्‍यो प्रतिफल घोषणा

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले प्रतिफल घोषणा गरेको छ । फण्डले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट करसमेत ५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको हो । असोज १५ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले यस वर्ष ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । प्रतिफल प्रयोजनका लागि योजना व्यवस्थापकले बुक क्लोजको मिति तय गरेपछि बुक क्लोजको मितिका आधारमा कायम इकाईधनीहरूलाई प्रतिफल वितरण हुनेछ । २०७९ जेठ ४ गते योजना सञ्चालन अनुमति प्राप्त गरेको यस योजना २०८९ साउन १० गते परिपक्क हुनेछ । बन्दमुखी प्रकृतिको १० वर्षे अवधिको यस योजनाले १० करोड २५ लाख ७६ हजार ३६० इकाई जारी गरेको थियो । भदौ मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य ९ रुपैयाँ ७६ पैसा छ ।

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिइकाई खुद सम्पत्ति मूल्य घट्यो

काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिइकाई खुद सम्पत्ति मूल्य साउनमा घटेको छ । असार मसान्तसम्म १० रुपैयाँ ५७ पैसा रहेको प्रतिइकाई खुद सम्पत्ति मूल्य साउन मसान्तम्म ९ रुपैयाँ ८२ पैसा कायम भएको हो । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १० करोड २५ लाख ७६ हजार ३६० इकाई जारी गरेको थियो । साउन मसान्तसम्म योजना ११ करोड २४ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा छ । असार मसान्तसम्म योजना ५ करोड ८० लाख रुपैयाँभन्दा बढी नाफामा थियो । साउनमा योजनाको जम्मा आम्दानी ११ करोड ८ लाख रुपैयाँ ऋणात्मक छ । असार मसान्तसम्म भने योजनाले ८ करोड ४ लाख रुपैयाँभन्दा बढी जम्मा आम्दानी गरेको थियो । खर्च रकम पनि असारमा २ करोड २४ लाख रुपैयाँभन्दा बढी रहेकोमा साउनमा १६ लाख रुपैयाँभन्दा बढी मात्र भएको छ । साउन मसान्तसम्म यस योजनाले धितोपत्र गरेको लगानीको परल मूल्य धितोपत्र दलाल कमिसनसहित ८८ करोड २९ लाख रुपैयाँभन्दा बढी छ । असार मसान्तसम्म बैंक मुद्दती निक्षेपमा २ करोड रुपैयाँ लगानी गरेको योजनाले साउनमा भने लगानी गरेको छैन । धितोपत्रमा गरेको लगानीको परल मूल्यभन्दा बजार मूल्य कम छ । योजनाले धितोपत्रमा गरेको लगानीको बजार मूल्य भने ८३ करोड २४ लाख रुपैयाँभन्दा बढी मात्र छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

ग्लोबल आइएमई समुन्नत स्किम-१ को इकाई मूल्य समायोजन

मंसिर २२, काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ग्लोबल आइएमई समुन्नत स्किम-१ को इकाई मूल्य समायोजन गरेको छ । नेप्सेले फण्डले प्रस्ताव गरेको शत प्रतिशत नगद लाभांश प्रयोजनमा मूल्य समायोजन गरेको हो । मंगलवार कायम कोषको अन्तिम इकाईमूल्य २० रूपैयाँ ८८ पैसाका आधारमा नेप्सेले नगद लाभांश पछिको मूल्य १० रूपैयाँ ८८ पैसा तोकेको हो । फण्डले प्रस्ताव गरेको नगद लाभांश प्रयोजनका लागि आज (एक दिन) बुक क्लोज गरेकाले नेप्सेले नगद लाभांश पछिको मूल्य तोकेको हो । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित उक्त फण्डले आव २०७७/७८ को मुनाफाबाट शतप्रतिशत नगद लाभांश करसहित वितरण गर्न लागेको हो ।

मध्यभोटेकोसीको सेयर नपरेको पैसा फिर्ता

मध्यभोटेकोसी जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई निष्काशन गरेको प्राथमिक सेयरको बाँडफाँटमा आंशिक परेका तथा नपरेकाको सेयरबापतको रकम बैंक खातामा रकमान्तर गरेको छ ।बाँडफाँटमा आंशिक परेको तथा नपरेकाको सेयरबापतको रकम आवेदकले उल्लेख गरेको बैंक खाता हुबहु मिलेको हदसम्म रकम रकमान्तर गरेको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।त्यस्तै बिक्री प्रबन्धक […]