बझाङमा एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी

बझाङ : बझाङको प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशी निर्वाचित भएका छन्। उनी नेकपा एमालेका ऐनबहादुर महरलाई ९९८ मतान्तरले हराउँदै उनी विजयी भएका हुन्। जोशीले २८ हजार एक सय ४३ मत ल्याउँदा महरले २७ हजार १४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत नन्दकिशोर राय यादवले जानकारी दिए।प्रदेश सभा (१) मा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह तीन हजार ७७६ मतान्तरले विजयी भए उनले १७ हजार ११३ मत प्राप्त गरे भने एमालेका अफिलाल ओखेडाले १३ हजार तीन सय ३६ मत पाए।

सम्बन्धित सामग्री

बझाङमा ऐन महरभन्दा भानुभक्त जोशी १९९ मतले अगाडि

७ मंसिर, बझाङ । बझाङमा नेकपा एकीकृत समाजवादी पार्टीका भानुभक्त जोशीले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका ऐन महरलाई १९९ मतान्तरले पछाडि पार्दै जोशीले अग्रता लिएका हुन् । जोशीले १७ हजार ५५८ मत ल्याउँदा महरले १७ हजार ३५९ मत ल्याएका छन् ।

१० बुँदे कार्यान्वयन नभएकाले एमालेमा बस्ने अवस्था रहेन: भानुभक्त जोशी

काठमाडौं, २१ असोज । नेकपा (एमाले)का केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । आज (बिहीबार) बानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा जारी स्थायी कमिटी बैठकमा जोशी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । प्रवेश गरेपछि जोशीले १० बुँदेको कार्यान्वयन नभएकाले त्यहाँ बस्ने सक्ने अवस्था नरहेको बताए । उनले एमालेले १० बुँदे कार्यान्वयन नगरेको र […]

एमाले नेता भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । बिहीबार पार्टीको स्थायी कमिटीको सातौं बैठकमा जोशी नेकपा एसमा प्रवेश गरेका हुन् । पार्टी विभाजनपछि नेकपा एमालेबाट नेकपा एसमा जाने जोशी सबैभन्दा प्रभावशाली नेता पनि हुन् । उनलाई अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले स्वागत गरेका छन् । एकीकृत समाजवादीमा […]

एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी (एस)मा प्रवेश गरेका छन्। उनलाई एसका अध्यक्ष माधव कुमार नेपालले एक कार्यक्रमका बिच पार्टी प्रवेश गराएका छन्। बझाङका जोशी पूर्व मन्त्रीसमेत...

एमाले छोडेर माधव नेपालको पार्टीमा गए भानुभक्त जोशी

काठमाडौँ- नेकपा एमालेका नेता भानुभक्त जोशी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालसहितका नेताहरुले जोशीलाई स्वागत गरेका छन् । एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र बाचन गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा माधव समूहमा रहेका नेतालाई […]

नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका भानुभक्त जोशी स्थायी कमिटी सदस्य बने

काठमाडौं, २१ असोज । आजमात्रै नेकपा (एमाले) परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका भानुभक्त जोशीलाई नयाँ पार्टीमा स्थायी कमिटी सदस्यको जिम्मेवारी दिईएको छ । यसअघि उनी एमालेमा केन्द्रीय सदस्यमात्रै थिए । एमाले नेता भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश, माधव नेपालले गरे स्वागत आजमात्रै उनले एमाले परित्याग गरेको र नेकपा (एकीकृत समाजवादी) […]

नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा एसमा प्रवेश

नेकपा एमालेका सुदूरपश्चिम नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

एमाले छाडेर एकीकृत समाजवादीमा जाँदै भानुभक्त जोशी

धनगढी : नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा जाने तयारी गरेका छन्।एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा माधव समूहमा रहेका नेतालाई पेलेको र एकलौटी पार्टी चलाउन थालेको भन्दै जोशीले एमाले छाड्ने तयारी गरेका हुन्।‘१० बुँदे सहमति कार्यान्वयन हुने अवस्था पनि देखिएन,‘ जोशीले भने, ‘त्यस विषयामा सोच्ने समय आइरहेको छ। तपाईंहरू भोलि थाहा पाउनुहुन्छ।’ उनले पार्टी विभाजनपछि नेतृत्व सच्चिने आशा गरिएकोमा त्यस्तो हुन