व्यावसायिक आचरण र निष्ठामा प्रतिबद्ध : बार

काठमाडौँ,२६ वैशाख । नेपाल बार एसोसिएसनले आफ्नो जिम्मेवारी बहन गर्दा पेसागत दक्षतासँगै व्यावसायिक आचरण र निष्ठामा समेत प्रतिबद्ध हुने प्रेरणा प्राप्त होस भन्ने शुभकामना व्यक्त गरेको छ । कानुन दिवसका अवसरमा बारका अध्यक्ष गोपालकृष्ण घिमिरेद्वारा आज यहाँ जारी शुभकामना सन्देशमा संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, व्यावसायिक र मर्यादित बारको प्रमुख लक्ष्य र त्यसको संरक्षण […]

सम्बन्धित सामग्री

‘अर्थतन्त्रको सुधारमा नयाँ घोषणाको तयारी’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई लगानीको गन्तव्य बनाउनका लागि आवश्यक कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।  राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)ले आजदेखि राजधानीमा आयोजना गरेको दुईदिने ‘चौथो जिम्मेवार व्यवसाय सम्मेलन’को उद्घाटन गर्दै उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले विभिन्न आर्थिक कार्यक्रम अगाडि सारेको बताउनुभयो ।  संयुक्त अरब इमिरेट्स (युएई)मा हालै आयोजित ‘बिजनेस समिट’मा आफूले नेपाललाई लगानीको गन्तव्य बनाउन आग्रह गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपाललाई व्यावसायिकरूपमा सफल बनाउन व्यवसायी र समाजलगायत सबै सरोकारवाला जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । ‘जिम्मेवार व्यावसायिक अभ्यास नैतिक सामाजिक दृष्टिकोणबाट मात्र नभई व्यावसायिक रणनीतिका हिसाबले पनि फाइदाजनक छ, जिम्मेवार अभ्यासहरूमार्फत व्यवसायले दिगो विकासमा योगदान दिन र समाजमा सकारात्मक प्रभाव सिर्जना गर्न सक्छन्,’ उहाँले भन्नुभयो । मुलुकको प्रमुख साझेदार निजी क्षेत्रमात्र होइन, सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवाररूपमा प्रस्तुत हुन आवश्यक रहेको जनाउँदै प्रधानमन्त्री दाहालले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदममा सबैको साथ र सहयोगका लागि आग्रह गर्नुभयो । अर्थतन्त्रका क्षेत्रमा देखिएको विद्यमान दबाबलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न आफूले लगातार प्रयास गर्दै आएको जानकारी दिँदै उहाँले अर्थतन्त्रमा सुधार ल्याउन केही दिनपहिला मात्र सरकार, निजी क्षेत्र र आर्थिक क्षेत्रका विज्ञसँग बृहत् अन्तक्र्रिया गरिएको बताउनुभयो ।  ‘अन्तरक्रियापछि केही महत्त्वपूर्ण घोषणासमेत गरिएको छ, मेरो विश्वास छ– उक्त अन्तरक्रिया र घोषणाले अर्थतन्त्रमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो । तथ्याङ्क हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गए पनि आमजनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति रहेको बताउनुभयो । ‘त्यसकारण अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत् बैठक र केही नयाँ घोषणसमेत गर्ने तयारी गरिरहेको छु,’ उहाँले भन्नुभयो, ‘यहाँहरुको सक्रिय सहभागिता, महत्त्वपूर्ण सुझाव र कार्यान्यवनमा जिम्मेवारी बोध एवं तत्परता रहनेछ भन्ने विश्वास लिएको छु ।’ शासकीय सुधारका विषयमा केन्द्रित रहेर बुधवार सरकारका बहालवाला र पूर्वराष्ट्रसेवक कर्मचारीको बृहत् गोष्ठीको आयोजना गरिएको जानकारी दिँदै उहाँले त्यसबाट महत्त्वपूर्ण सुझाव र दिशानिर्देश प्राप्त भएको बताउनुभयो । शासकीय सुधारका क्षेत्रमा केही नयाँ गर्न सकिएको अवस्थामा त्यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा देखिने उहाँको विश्वास छ । प्रधानमन्त्री दाहालले सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञले प्रस्तुत गर्ने कार्यपत्र र छलफलबाट उद्यमी व्यवसायी, सरोकारवाला सहभागी सवै लाभान्वित हुनुका साथै प्राप्त सुझाव तथा छलफलले नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गर्नुभयो । कार्यक्रमले सरकार, निजी क्षेत्र र समानका अग्रणी निकायलाई एकै मञ्चमा ल्याएर जिम्मेवार बन्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न सफल हुनेछ उहाँको विश्वास छ । उहाँले सम्मेलन मुलुकको अर्थतन्त्रसामु देखिएको दबाब सम्बोधन गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता र लक्ष्य प्राप्तिमा सहायक सिद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।  एनबीआईका अध्यक्ष कुशकुमार जोशीले जिम्मेवार व्यवसायका लागि राज्य, व्यवसायी र सरोकारवालाको उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको बताए ।  ‘व्यावसायिक आचारसंहिताको पालना र जिम्मेवार व्यवसाय’ भन्ने मूल नारा रहेको सो कार्यक्रममा समाज, वातावरण र अर्थतन्त्रजस्ता विषयमा विश्वमा भइरहेका नवीनतम सुधार र प्रयासमा बृहत् छलफल हुनेछ ।  पहिलो दिन आधुनिक दासता र मानव बेचबिखन, नवीकरणीय ऊर्जा, नवप्रवर्तन र उद्यमशीलता, व्यावसायिक आचरण र सामाजिक उत्तदायित्व, डिजिटल अर्थतन्त्र शीर्षकमा छलफल हुनेछ । यस्तै दोस्रो दिन विपद् जोखिम न्यूनीकरण र व्यावसायिक योजना, व्यवसाय र मानअधिकार, व्यवसायजन्य सुरक्षा र स्वास्थ्य तथा व्यवसाय मैत्री वातावरण विषयमा सामूहिक छलफल हुनेछ । रासस

सञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक : मन्त्री कार्की

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमसञ्चारमाध्यमलाई स्वस्थ, प्रतिस्पर्धी, मर्यादित बनाउन र पत्रकारीतामा पेसागत आचरण कायम गर्न मिडिया काउन्सिल विधेयक ल्याइएको बताएका छन्। मिडिया काउन्सिल विधेयक, २०७६ माथि पनि सैद्धान्तिक छलफलका क्रममा आएका जिज्ञासाको जवाफ दिँदै उनले आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्न विधेयक ल्याइएको बताएका हुन्। उनले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको […]

एकीकृत समाजवादीले भदौ २० सम्म उम्मेदवार तय गर्ने

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार हुनका लागि ८ बुँदे मापदण्ड तयार पारेको छ।केन्द्रीय सचिवालयको ३५ औं बैठकले पार्टीबाट उम्मेदवार सिफारिश एवं छनोटका लागि आधार तय गर्न ८ बुँदे मापदण्ड तोकिएको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए।उनका अनुसार पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, विद्रोहमा सक्रिय भूमिका खेलेका र पार्टी निर्माणमा योगदान गरेका, पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं&nb

व्यावसायिक आचरण र निष्ठामा प्रतिबद्ध : नेपाल बार

नेपाल बार एसोसिएसनले आफ्नो जिम्मेवारी बहन गर्दा पेसागत दक्षतासँगै व्यावसायिक आचरण र निष्ठामा समेत प्रतिबद्ध हुने प्रेरणा प्राप्त होस भन्ने शुभकामना व्यक्त गरेको छ ।कानुन दिवसका अवसरमा बारका अध्यक्ष गोपालकृष्ण घिमिरेद्वारा आज यहाँ जारी शुभकामना सन्देशमा संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, व्यावसायिक र मर्यादित बारको प्रमुख लक्ष्य र त्यसको संरक्षण र सम्वर्द्धनका लागि निरन्तर क्रियाशील रहनु आजको आवश्यकता भएको उल्लेख छ ।सन्देशमा भनिएको छ, “यस विशेष दिनमा उहाँहरूप्रति सम्म

चुनावका लागि एकीकृत समाजवादीले तोक्यो उम्मेदवारको मापदण्ड र नेताहरूको जिम्मेवारी

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) पार्टीले पालिका चुनावका लागि उम्मेदवारको मापदण्ड र नेताहरूको जिम्मेवारी तोकेको छ । आज आइतवार बसेको सचिवालयको बैठकले वैशाख ३० गते हुने पालिका चुनावका लागि मापदण्ड र नेताहरूको जिम्मेवारी टुङ्गो लगाएको हो । पालिकाको उम्मेदवार छनोट गर्दा पार्टीका नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, पार्टीलाई योगदान गरेको र विद्रोहमा भूमिका खेलेकोलाई प्राथमिकता दिइने बैठकको निर्णय छ । यस्तै निष्ठा र अनुशासनमा दृढ रहेको, आर्थिक एवम् नैतिक आचरण राम्रो र नागरिकमा स्थापित एवम् लोकप्...