सिपिएल २०२१ अगस्ट अन्तिम सातादेखि हुने

क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०२१ आगामी अगस्ट २८ देखि हुने भएको छ। सिपिएल २०२१ का सबै खेल सेन्ट किट्समा हुनेछ।

सम्बन्धित सामग्री

जोगबनी नाकामा कडाइ, परिचयपत्र अनिवार्य

विराटनगर। भारतको स्वतन्त्रता दिवस (१५ अगस्ट)को समयमा कुनै अप्रिय घटना नहोस् भनेर सीमा सुरक्षा बल (एसएसबी)ले विराटनगरको रानी र भारतको जोगबनी नाकामा सुरक्षा कडा बनाएको छ । नेपालबाट भारत प्रवेश गर्नेहरूलाई एसएसबीले परिचयपत्र अथवा नेपाली नागरिकता देखाउनुपर्ने नियम लगाएको छ । नागरिकता तथा परिचयपत्रविना जोगबनी जानेहरूलाई दशगजाबाट नेपालतिरै फर्काइएको स्थानीयले बताएका छन् । १५ अगस्टको दिन आतंककारीले भारतका विभिन्न शहरमा एकसाथ सांघातिक आक्रमण गर्ने चेतावनी दिएकाले भारत सरकारले नेपालसँग सिमाना जोडिएका नाकामा उच्च सतर्कता अपनाएको हो । केही दिनअघि विहारको राजधानी पटनामा पाकिस्तानी र बंगलादेशी नागरिक पक्राउ परेका थिए । पक्राउ परेका व्यक्तिले आफूहरू जोगबनी नाका हुँदै भारत आएको बयान दिएपछि भारत सरकारले जोगबनी नाकामा उच्च सतर्कता अपनाएको हो । जोगबनी नाका भएर भारत–नेपाल आवतजावत गर्ने जो कोहीको हकमा एक सातादेखि व्यक्तिगत परिचय खुल्ने परिचयपत्र अनिवार्य गरिएको छ । शंकास्पद व्यक्तिलाई भारतीय सुरक्षाकर्मीले खानतलासी गर्न थालेका छन् । बंगलादेशी र पाकिस्तानी नागरिक भएको पुष्टि भएमा भारतीय सुरक्षाकर्मीले थप अनुसन्धानका लागि नियन्त्रणमा लिने गरेका छन् । नेपालबाट किनमेलका लागि जोगबनी जाने नेपालीको हकमा नेपाली नागरिकता र भारतबाट नेपाल आउने भारतीयको हकमा आधार कार्ड अनिवार्य गरिएको छ ।

सामसङ नोट १० नेपाली बजारमा

नेपाली बजारमा सामसङ ग्यालेक्सी नोट १० उपलब्ध भएको छ । सामसङले यही सातादेखि नेपालभरका आधिकारिक आउटलेटमा यो फोन उपलब्ध गराएको हो । कम्पनीका अनुसार सामसङ ग्यालेक्सी नोट १० को बजार मूल्य १ लाख १६ हजार रुपैयाँ छ । नोट १० औरा ब्लाक र औरा ह्वाइटमा उपलब्ध छ । अगस्ट पहिलो साता यी दुई फोन अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको थियो । यो फोनलाई फोनबाट फोनभन्दा बढी अपेक्षा पूरा गर्ने फोन बनाइएको दाबी कम्पनीले गरेको छ ।

बंगलादेशमा साढे पाँच लाख रोहिंग्या शरणार्थी - Naya Patrika

म्यानमारको उत्तरी प्रान्त रखाइनबाट बंगलादेश शरण लिने रोहिंग्या शरणार्थीको संख्या ५ लाख ३६ हजार पुगेको छ । अगस्ट अन्तिम सातादेखि अहिलेसम्म सो संख्यामा रोहिंग्या मुस्लिम बंगलादेश पुगेका संयुक्त राष्ट्रसंघले जानाकारी...पूरा पढ्नुहोस् »