जोगबनी नाकामा कडाइ, परिचयपत्र अनिवार्य

विराटनगर। भारतको स्वतन्त्रता दिवस (१५ अगस्ट)को समयमा कुनै अप्रिय घटना नहोस् भनेर सीमा सुरक्षा बल (एसएसबी)ले विराटनगरको रानी र भारतको जोगबनी नाकामा सुरक्षा कडा बनाएको छ । नेपालबाट भारत प्रवेश गर्नेहरूलाई एसएसबीले परिचयपत्र अथवा नेपाली नागरिकता देखाउनुपर्ने नियम लगाएको छ । नागरिकता तथा परिचयपत्रविना जोगबनी जानेहरूलाई दशगजाबाट नेपालतिरै फर्काइएको स्थानीयले बताएका छन् । १५ अगस्टको दिन आतंककारीले भारतका विभिन्न शहरमा एकसाथ सांघातिक आक्रमण गर्ने चेतावनी दिएकाले भारत सरकारले नेपालसँग सिमाना जोडिएका नाकामा उच्च सतर्कता अपनाएको हो । केही दिनअघि विहारको राजधानी पटनामा पाकिस्तानी र बंगलादेशी नागरिक पक्राउ परेका थिए । पक्राउ परेका व्यक्तिले आफूहरू जोगबनी नाका हुँदै भारत आएको बयान दिएपछि भारत सरकारले जोगबनी नाकामा उच्च सतर्कता अपनाएको हो । जोगबनी नाका भएर भारत–नेपाल आवतजावत गर्ने जो कोहीको हकमा एक सातादेखि व्यक्तिगत परिचय खुल्ने परिचयपत्र अनिवार्य गरिएको छ । शंकास्पद व्यक्तिलाई भारतीय सुरक्षाकर्मीले खानतलासी गर्न थालेका छन् । बंगलादेशी र पाकिस्तानी नागरिक भएको पुष्टि भएमा भारतीय सुरक्षाकर्मीले थप अनुसन्धानका लागि नियन्त्रणमा लिने गरेका छन् । नेपालबाट किनमेलका लागि जोगबनी जाने नेपालीको हकमा नेपाली नागरिकता र भारतबाट नेपाल आउने भारतीयको हकमा आधार कार्ड अनिवार्य गरिएको छ ।

सम्बन्धित सामग्री

ओमिक्रोन त्रास : खोप नलगाएकालाई भारत प्रवेशमा कडाइ

बैतडी । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारतले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको छ ।  बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले जानकारी दिए । “भारतको पिथौरागढ जिल्लाले लिखितरूपमा पत्र पठाएर दुईवटै मात्रा खोप लगाएका नेपाली...

खोप नलगाएकालाई भारत प्रवेशमा रोक

भारतमा कोरोना भाइरसको नयाँ भेरिअन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको छ। बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले जानकारी दिए।