अपहरण तथा शरीर बन्धक बनाएकाे भन्दै वलीद्वारा पोखरेलसहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेल सहित चार जनाविरुद्ध प्रदेश सभासदस्य विमला कुमारी खत्री वलीले अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दिनु भएकाे छ । गत श्रावण १५ गतेदेखि ५ दिनसम्म दाङबाट ल्याएर बन्धक बनाएकोले अपहरण तथा शरीर बन्धक सम्बन्धी कानुनअनुसार कारबाहीको माग गर्दै खत्रीले किटानी जाहेरी दिएकी हुन् । जाहेरीमा तत्कालीन मुख्यमन्त्री […]

सम्बन्धित सामग्री

३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त उप्रेती २ लाख धरौटीमा रिहा

पुस २३, विराटनगर । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ‘गोरे’ का भाई ३६ वर्षिय रमेश उप्रेती दुई लाख रुपैयाँ धरौटीमा छुटेका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले बिहीवार दुई लाख धरौटीमा छाड्न आदेश दिएको हो । थुनछेक बहसपछि लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । रमेश सुन तस्करी प्रकरणका नाइके चूडामणि उप्रेती ‘गोरे’का भाइ हुन् । युएई बस्दै आएका रमेश मंगलवार नेपाल आउने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरीले बुधवार अदालतमा उपस्थित गराएको थियो । सुन तस्करी प्रकरणको रहस्य बाहिरिएपछि फरार भएका उनी युएईमा बस्दै आएका थिए । उताबाट सुन नेपाल पठाउने गरेको आरोप लागेका रमेश दुबईबाट एयर अरेबियाको विमानमार्फत नेपाल आएका थिए । गत २७ मंसिरमा मुख्य आरोपी मध्येका एक एमके मामा भनिने मोहनकुमार अग्रवाल जिल्ला अदालत मोरङमा सुटुक्क हाजिर भएका थिए । थुनछेक बहसपछि तीन लाख धरौटी बुझाएर उनी छुटेका थिए । २२ मंसिरमा लम्सालकै इजलासले तस्करीको सुनको लगानीकर्तामध्येका एक काले भनिने कृष्णगोपाल अग्रवाललाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । ७७ जना प्रतिवादी रहेको सुन तस्करी र शाक्य हत्याको मुद्दामा लम्सालकै इजलासले असोज १९ गते फैसला सुनाउँदा ५६ जना प्रतिवादीले सफाइ पाएका थिए । फैसलापछि हाजिर भएका तीन आरोपी सहजै धरौटी बुझाएर छुटेका हुन् । अदालतले सुन तस्करी प्रकरणसँगै जाडिएको सनम शाक्य हत्याको मुद्दामा आठ जनालाई दोषी ठहर गरेको थियो । मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो ।  भारतीय नागरिक राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महीना कैद सजायको फैसला भएको थियो । जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारओटा शीर्षकमा सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते मुद्दा दायर गरेको थियो ।  मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४०० रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करीब ३८ क्विन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ ।