अपहरण तथा शरीर बन्धक गरेर गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा सुनिलकुमार सिंह दोषी ठहर

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सुनिलकुमार सिंहलाई दोषी ठहर गरेको छ । खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सिंहलाई दोषी ठहर गरेको हो । सम्पत्ति शुद्धीकरण विभागले अपहरण तथा शरीर बन्धक गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा सिंह र मीना कार्कीविरुद्ध विशेष अदालतमा २०७९ फागुन २४ गते मुद्दा दायर गरेको […]